२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी

वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी


काठमाडौं—वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्थायी चिकित्सकहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत शैक्षिक पद नाम र सेवा सुविधा पाउनुपर्ने माग आन्दोलन घोषणा गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै न्याम्सका पदाधिकारीहरुसँग दुई वर्षदेखि आफूहरुले उठाएको मागका विषयमा आश्वासन मात्र दिएको भन्दैं उनले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

आन्दोलनरत चिकित्सकहरुले पटक—पटक सो विषयमा छलफल गर्दै आएको तर न्याम्सका पदाधिकारीहरुले आश्वासन दिएर कार्यन्वयन नगरेको भन्दैं न्याम्समा तालाबन्दी गरेका हुन् ।

‘प्रतिष्ठानका पदाधिकारीज्यूहरुसँग विगत दुई वर्षदेखि पटक—पटक निवेदन तथा छलफल अनुरुप पाइएको आश्वासनका बाबजुद हालसम्म हाम्रा माग तथा अन्य थुप्रै काम गर्न प्रतिष्ठानका पदाधिकारीज्यूहरु गैर जिम्मेवार तथा असक्षम रहेको देखियो,’ चिकित्सकहरुको विज्ञप्तिमा छ, ‘हामी सम्पूर्ण विभागका चिकित्सकहरु आज मिति २०७९÷५÷५ का दिनबाट आन्दोलनको स्वरुप परिवर्तन गरी तालाबन्दी कार्यक्रममा जान बाध्य भएका छौं ।’

तालाबन्दीबाट पर्न जाने गम्भीर परिणामप्रति प्रतिष्ठान स्वयंम जिम्मेवार हुनुपर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । विज्ञप्तिमा माग पूरा नभएसम्म आन्दोलन जारी रहने उल्लेख छ । अहिले वीर र ट्रमामा कार्यरत ५३ जना स्थायी चिकित्सकहरुले शैक्षिक नाम पद पाउनुपर्ने भन्दैं संघर्ष समिति गठन गरेर आन्दोलनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ