गृहपृष्ठ ∕ समाचार ∕ नेपाल नेशनल हस्पिटलका स्वास्थ्यकर्मीद्वारा जुम्लामा चिकित्सकमाथि हातपातको घटनाको विरोध नेपाल नेशनल हस्पिटलका स्वास्थ्यकर्मीद्वारा जुम्लामा चिकित्सकमाथि हातपातको घटनाको विरोध हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, १६:२५ मा प्रकाशित काठमाडौं—नेपाल नेसनल हस्पिटलका स्वास्थ्यकर्मीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकमाथि भएको कुटपिट घटनाको विरोध गरेका छन् । मंगलबार नेपाल नेसनल हस्पिटलका स्वास्थ्यकर्मीहरुले चिकित्सकमाथि कुटपिट गर्नेलाई सजायको माग गर्दै मैनवत्ती बालेर प्ले कार्डसमेत प्रदर्शन गरेर ऐक्यवद्धता जनाएका छन् । अस्पताल चिकित्स, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले प्रतिष्ठान अस्पतालका चिकित्सक डा. करण शाहमाथि भएको घटनाको निन्दा समेत गरेका छन् । ‘डा. करण शाहमाथि हातपात गर्ने जघन्य कार्य भएको छ । त्यसमा हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु घोर विरोध तथा भत्र्सना गर्दछौं,’ नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले भने, ‘दोषीमाथि कडाभन्दा कडा कारवाहीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं । उनले चिकित्सकमाथि हातपात गर्ने धनबहादुर शाहीलाई आंशिक नभएर पूर्ण रुपमा निलम्बन गर्न पनि सरकारसँग माग गरे । साथै डा. पौडेलले यस्ता खालका अपराधिक क्रियाकलाप स्वास्थ्य संस्थामा डाक्टर, नर्स तथा कुनै पनि स्वास्थ्यकर्मीमाथि आगामी दिनमा हुन नहुनेमा जोड दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री