२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६३४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु

६३४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ६ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय २४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय १७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालका कोभिड-१९ संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ७९ हजार ७ सय ७४ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपाल कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ ।

नेपाल मंगलबारसम्म ४ हजार २ सय २१ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ