२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन

नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन


काठमाडौं-नेपाल भ्रमणमा आएका भारीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन (अदिथ) सम्पर्कबिहीन भएका छन् । भारतको बैग्लोर घर भएका उनी २२ मेमा देङबोचेबाट सम्पर्कबिहीन भएका हुन् ।

एभरेष्ट बेस क्याम्प घुम्न जाने क्रममा उनी २० मे मा नाम्चे बजारबाट सम्पर्कमा थिए । त्यसको दुई दिनपछि उनी देङबोचेमा देखिएका थिए ।

देङबोचेपछि ३१ वर्षीया डा. चन्द्र मोहन सम्पर्कबिहीन भएको उनको परिवारिक स्रोतले बुधबार एक सूचनामार्फत जानकारी गराएको छ । गहुँगोरो वर्ण, ५ फिट ८ इच्न उचाइ भएका उनलाई देख्नेले नेपाल पर्यटक प्रहरी र उनका भाइ भानु प्रतापको +०९१-९९८६९२६२६२, ९७४२७४५०५९ नम्बरको ह्वाटसएप, नेपालमा रमेश ९८४५३३२९७७ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

डा. चन्द्रमोहनलाई भेटाएर खबर गरिदिनेलाई परिवारले २ लाख पुरस्कार दिने घोषणा गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ