२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआँखा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका कैदी फरार

आँखा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका कैदी फरार


काठमाडौं—आँखाका उपचारका लागि महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएका कैदी फरार भएका छन् । बुधबार ४ बजेदेखि सवा ४ बजेकोबीचमा ललितपुरस्थित नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका रामेछापका भोला बुढाथोकी फरार भएका हुन् ।

‘उहाँको आँखामा केही बिझेकाले समस्या आएको थियो । पटक—पटक उपचार गर्नुपर्छ भनेकाले हामीले फ्लोअपका लागि लिएर गएका थियौं,’ नख्खु कारागारका प्रमुख सुवास लामिछानेले भने, ‘आज ४ देखि सवा चार बजेको बीचमा भागेको भन्ने खबर आएको छ ।’

उपचारका क्रममा एक हातमा मात्रै हत्कडी लगाएर भित्र पठाएको मौका छोपेर उनी फरार भएका थिए । कारागार प्रमुख लामिछानेकाअनुसार अहिले भोलाको खोजी कार्य जारी रहेको छ ।

२८ देखि ३० वर्ष उमेरका भोला कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका छन् । रामेछाप कारागारबाट उनलाई ०७२ सालमा नख्खु कारागारमा सारिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ