२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३२४ जनामा कोभिड-१९ संक्रमण, १ जनाको मृत्यु

नेपालमा थप ३२४ जनामा कोभिड-१९ संक्रमण, १ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ३ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय १८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८० हजार ६ सय ६३ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जना कोभिड-१९ संक्रमितको मृच्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ९९ पुगेको छ ।

शुक्रबारसम्म नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ