२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसीद्वारा सरकारलाई २ साताको अल्टिमेटम, माग पूरा नभए २७ भदौंबाट अनशन

डा. गोविन्द केसीद्वारा सरकारलाई २ साताको अल्टिमेटम, माग पूरा नभए २७ भदौंबाट अनशन


काठमाडौं—प्रा.डा. गोविन्द केसीले आफ्नो ६ बुँदे माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै डा. केसीले आफूले यसअघि अगाडि सारेको ६ बुँदे माग पूरा नभए २७ भदौंबाट अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।

यसअघि डा. केसीले ६ बुँदे माग राख्दैं उक्त मागहरु पूरा नभएर १२ भदौंबाट २० औं अनशन सुरु गर्ने चेतावनी दिएका थिए । तर, आइतबार डा. केसीले पूर्व निर्धारित अनशनलाई दुई साता पर सारेका हुन् ।

उनले विपीमा नियम विपरित भएका नियुक्ति खारेज गर्नुपर्ने, प्रतिष्ठान छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बसेकाहरुको स्वार्थ द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन बमोजिम २०६५ भित्र मेडिकल शिक्षण संस्थालाई गैरनाफामूलक बनाउनुपर्ने, विद्युतीय सवारी साधन चलाउन कानुनी व्यवस्था गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि गर्नुपर्नेलगायतका ६ बुँदे माग अगाडि सारेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ