२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला

नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला


काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बजारमा सिटामोलको अभाव भयो भन्ने नबनाइदिन नेपाली औषधी व्यवसायीहरुलाई आग्रह गरेका छन् । मंगलबार नेपाली औषधी उत्पादक संघको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खापुङले अहिले डेङगुको प्रकोपको बेला जनताको मन जित्ने र सेवा गर्ने बेला भएको बताए ।

‘डेंङगुको प्रकोप घटेको छैन । सरकारलाई चुनौती दिने समय होइन्, जनताको मन जित्ने र धर्म गर्ने समय हो,’ उनले भने, ‘सिटामोलका धनीहरु यहाँहरु हो । बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइ दिनुहोला ।’ उनले नेपाली औषधी उत्पादकका मागहरु सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउँदैं अहिले डेंङगुको प्रकोपका बेला केही मागहरु पूरा गर्न नसकिने बताए ।

औषधीको मूल्य समायोजन   समस्या भएको भएपनि त्याे समस्या समाधान हुने उनको भनाइ थियो । ‘मूल्य समायोजन आवश्यक छ । डेङगुको समयमा मान्छे ढलेका छन् । यो बेला मूल्य बढाउनु उपयुक्त हुँदैन्,’ उनले थपे, ‘अभाव भएका बेला सहज बनाउनुभयो भने हिजो घाटा खाएर पनि सेवा गरेका छौं भन्ने बाटो हुन्छ, ढिलाे चाडाे हाे याे समस्या समाधान हुन्छ । नेपालमा उत्पादन भएका औषधी प्राथमिकतामा पर्नुपर्छ ।’

मन्त्री खापुङले औषधी उत्पादकका समस्या आफूले बुझेको बताउँदैं राष्ट्रिय पुजीको विकास नभएर संविधानले परिकल्पना गरेको समाजवादमा नपुगिने बताए । उनले राष्ट्रिय पुजीको विकास गर्न उधोगहरुको विकास गर्नुपर्ने उनले बताए । उनले ५५ प्रकारका औषधी उत्पादनमा आत्मनिर्भर भएको कुरा आएको बताउँदैं आत्मनिर्भर भनिएको सिटामोलको बजार अभाव हुनुले राम्रो सन्देशन नगएको बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले ३० वर्षअघिको तुलनामा नेपाली औषधी उधोगले धेरै फ्डको मारेको बताए । उनले नेपाली औषधी सबै चिकित्सकले लेख्ने वातावरण सिर्जना गर्न लाग्नुपर्ने सुझाव व्यवयासीहरुलाई दिए । डा. पोखरेलले मुल्य समायोजन कुरा पेचिलो भएकाले यसमा आफू केही नेबोल्ने बताए । उनले राजनीतिज्ञ, व्यवसायी र प्रशासकहरु ीमलेर काम गरेमा यसको पनि समाधान निस्कने उल्लेख गरे ।

औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले औषधीको मुल्यमा समायोजन हुनुपर्ने बताए । उनले मुल्य समायोजन संगै गुणस्तरीय बनाएर अन्तराष्ट्रिय क्षेत्रमा नेपाली औषधीलाई लैजानुपर्ने बताए । सुरक्षाकालागि नेपाली उद्योगलाई संरक्षण गर्ने निती आवस्यक बनाउनुपर्नेमा जोड दिए । उले औषधी नीति बन्दै गरेको समेत जानकारी दिएका थिए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले नेपाली औषधी स्वास्नीमानिस छ भनेर गुणस्तर मापनको काम सरकारले गरिदिनुपर्ने बताए । सरकारले स्वास्नीमानिस छ भनेर मापन गरेपछि नेपाली चिकित्सकहरुलाई पनि विरामीलाई सिफारिस गर्न सहज हुने बताए । उनले नेपाली उद्योगहरुमा अस्वस्थ्य प्रतिस्पर्धा रहेकोले त्यसलाई हटाउनुपर्ने बताए ।

उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा स्वास्थका दक्ष जनशक्तिलाई टिकाउने र तयार गर्न सरकारले वातावरण बनाउनुपर्ने बताए ।

एपोनका अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपाली औषधी उद्योगीले जुनसुकै अभावको वेला पनि औषधी नेपाली जनतालाई उपलब्ध गराएको बताए । उनले सरकारको निती राम्रो भएपनि कार्यन्वयन पक्ष फितलो भएको आरोप लगाए ।

एपोनका महासचिव विप्लव अधिकारी नेपाली औषधी उद्योगले ४५ प्रतिशत आत्मनिर्भर रहेको जानकारी दिएका थिए ।

केमसनका अध्यक्ष भक्त हमालले सिटामोलको मूल्य समायोजन हुनुपर्नेमा जोड दिए ।

औषधी व्यावसायी संघका निवर्तमान अध्यक्ष बाबुराम भट्टराइले औषधी उद्योगका समस्या धेरै मन्त्रीले सुनेको र आश्वासन दिएको तर पुरा हुन नसकेको बताए ।

नेपाल मेडिकल एसोसिएसनका कोषाध्यक्ष डा प्रकास बुढाथोकीले नेपालको स्वास्थ्य सेवा नेपालीले ढुक्क संग लिन सक्ने खालको गुणस्तर बनाउनुपर्नेमा जोड दिएका थिए ।

एपोनका पुर्व अध्यक्ष उमेशलाल श्रेष्ठले १५ वर्ष देखी एउटै मुल्यमा औषधी वेच्नुपर्दा आफुहरु पिल्सिएको बताए । उनले सरकारलाई औषधी उद्योगीहरुले के अपराध गरे भनेर प्रश्न सोधेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ