२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराट हस्पिटलले कम तौलको तिम्ल्याहा शिशु बचायो

विराट हस्पिटलले कम तौलको तिम्ल्याहा शिशु बचायो

‘तिम्ल्याहा बच्चा जन्मिँदा खुसीको सीमा छैन’


विराटनगर—सुनसरीको इटहरी—२० तरहराकी ३० वर्षीया रमा चौहानले विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा जन्माएकी तिम्ल्याहा नवजात शिशुलाई हस्पिटलले बचाएको छ । हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वको १६ जनाको स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेर बचाएको हो ।

समय नपुगी जन्मिएको नवजात शिशुको सफल उपचार गरेर हस्पिटलले बचाएपछि बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ३ कार्तिकमा हस्पिटल भर्ना भएकी चौहानले १० कार्तिकमा तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी थिइन् । चौहानले जन्म दिएका तीनै जना छोरी रहेका छन् । अस्पतालकी वरिष्ठ स्त्री, प्रसूति एवं निःसन्तान विशेषज्ञ डा. प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसुती गराएको थियो ।

गर्भ रहेको २९ सातामै चौहानले शिशु जन्माएकी हुन् । सामान्य अवस्थामा शिशु ४० सातामा जन्मिए पनि गर्भमा २ वा त्यसभन्दा बढी शिशु रहेको अवस्थामा सामान्य गर्भावस्थामा भन्दा छिटो पैदा हुने चिकित्सकको भनाइ छ । चौहानले गर्भ रहेको २९ हप्ता पूरा भएपछि यी शिशु जन्माएकी हुन् ।

नवजात शिशुको सफल उपचार भएपछि पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मी ।

‘समय नपुगी त्यो पनि कम तौल भएको शिशुलाई बचाउन निक्कै गाह्रो र खतरा हुने गर्दछ,’ वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. अधिकारीले भने, ‘कम तौलको शिशुको शरीरका अंगहरू विकास भएको हुँदैन् । त्यस्ता शिशुलाई कडा खालको अक्सिनमा राख्नुपर्ने हुन्छ । बुझने भाषामा भन्नुपर्दा आमाको कोखमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।’

तीनै जना शिशुलाई एनआईसीयू कक्षमा राखेर उपचार गरेको उनले बताए । ‘एनआईसीयूमा दुई साता राखेर उपचार गर्दा शिशुको अवस्था अहिले एकदमै राम्रो भएपछि नर्सरी वार्डमा सारेर उपचार गरिएको छ,’ उनले भने, ‘अब खतराको जोखिम मोलेर अगाडि बढेको छ । तीनै जना शिशुको अवस्था अहिले एकदमै राम्रो छ । आमाको दूध खानसक्ने भएका छन् ।’ शरीर विकास हँुदै जाने क्रम अब बढेर जाने भएकोले अबको दुई साता भित्रमा शिशुलाई डिस्चार्ज दिने उनले बताए ।

‘तिम्ल्याहा बच्चा जन्मिँदा खुसीको सीमा छैन’

रमा चौहानलले जन्म दिएकी तिम्ल्याहा शिशु

तिम्ल्याहा शिशुलाई जन्म दिएकी रमा चौहानको पहिलो सन्तान हुन् । ‘पहिलो सन्तान तिम्ल्याहा जन्माएर सकुशल रहेकोमा खुसी झन् बढेर गएको छ,’ उनले भनिन्, ‘तर, ईश्वरले जे चाहे त्यो गरे । हाम्रो लागि यो दुर्लभ खुसी हो । घरमा श्रीमान, बुवा, आमा, सबै जना खुसीले गदगद हुनुहुन्छ ।’

२९ हप्तामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले सुनाए । चिकित्सकका अनुसार चौहान गर्भ रहेदेखि नै नियमित सम्पर्कमा रहेको बताइन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ