२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमालाखेती अस्पतालको अध्यक्षमा डा. मौनी नियुक्त

मालाखेती अस्पतालको अध्यक्षमा डा. मौनी नियुक्त


धनगढी—कैलालीको गोदावरी नगरपालिका—३ मा रहेको मालाखेती अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा डा. नरबहादुर मौनी नियुक्त भएका छन् । गोदावरी नगरपालिकाले मौनीलाई ५ वर्षे कार्यकालका लागि अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो।

नगरपालिका मातहतमा रहेको यस अस्पतालमा यसअघि नगरप्रमुख नै अध्यक्ष रहँदैं आएकोमा नगरपालिकाले अस्पताल व्यवस्थापन समितिको निर्देशिका, २०७९ मा उक्त प्रावधान परिवर्तन गरी मौनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

उक्त समितिमा नगर प्रमुखलाई संरक्षकको रुपमा राखिएको छ । त्यस्तै, समितिमा ६ जना सदस्य रहेका छन् । जसमा वडा नम्बर ३ का वडा अध्यक्ष, अत्तरिया उद्योग वाणिज्य संघका सदस्य देवराज भट्ट, नगरप्रमुखले तोकेका स्थानीय समाजसेवी देवेन्द्र राज जोशी, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, मालाखेती अस्पतालका प्रमुख डा. अन्वेष कोइराला सदस्यसचिव रहेका छन् । एक जना महिला सदस्य भने नियुक्त गर्न बाँकी छ ।

नगरपालिकाले यसअघि ‘अस्पताल व्यवस्थापन समिति गठन निर्देशिका, २०७९’ निर्माण गरी कार्यपालिका बैठकबाट पारित गरेको थियो । सो निर्देशिकाले समितिको काम, कर्तव्य र अधिकार पनि निर्धारण गरेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ