२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यजाडोको सुरुवाती चरणमैै बढ्यो दिल्लीमा प्रदुषणको मात्रा

जाडोको सुरुवाती चरणमैै बढ्यो दिल्लीमा प्रदुषणको मात्रा


नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा केही दिनदेखि बढ्दै गएको देखिएको छ । दिल्लीका सडकहरु प्रदुषणका धुँवाले टम्म भएका तस्बिरहरु हाल सामाजिक सञ्जालमा पनि छाइहेका छन् ।

आइतबार विशेषज्ञको टोलीले दिल्लीमा गरेको मापनमा त्यहाँको प्रदुषणको तह गम्भिर अवस्थामा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदुषणको बढ्दो स्थिती देखेपछि त्यहाँ प्रदुषणलाई बढावा दिने खालका गतिविधि गर्नमा रोक लगा्रइएको छ ।

दिल्लीको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा उक्त कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सजग रहन आग्रह पनि गरिएको छ ।

आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदुषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एक देखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात घातक मानिएको छ ।

जाडोको सुरुवाती समयबाटै प्रदुषको बढुदो अवस्था देखेपछि वातावरणविदहरुले पनि यसको रोकथामका लागि सबैर्ले सक्दो सहयोग गर्नुपर्ने बताएका छन् ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ