२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ जाडोको सुरुवाती चरणमैै बढ्यो दिल्लीमा प्रदुषणको मात्रा

जाडोको सुरुवाती चरणमैै बढ्यो दिल्लीमा प्रदुषणको मात्रा


नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा केही दिनदेखि बढ्दै गएको देखिएको छ । दिल्लीका सडकहरु प्रदुषणका धुँवाले टम्म भएका तस्बिरहरु हाल सामाजिक सञ्जालमा पनि छाइहेका छन् ।

आइतबार विशेषज्ञको टोलीले दिल्लीमा गरेको मापनमा त्यहाँको प्रदुषणको तह गम्भिर अवस्थामा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदुषणको बढ्दो स्थिती देखेपछि त्यहाँ प्रदुषणलाई बढावा दिने खालका गतिविधि गर्नमा रोक लगा्रइएको छ ।

दिल्लीको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा उक्त कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सजग रहन आग्रह पनि गरिएको छ ।

आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदुषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एक देखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात घातक मानिएको छ ।

जाडोको सुरुवाती समयबाटै प्रदुषको बढुदो अवस्था देखेपछि वातावरणविदहरुले पनि यसको रोकथामका लागि सबैर्ले सक्दो सहयोग गर्नुपर्ने बताएका छन् ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ