२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतमा “स्ट्रेप-ए” बाट ६ जनाको मृत्यु भएपछि अभिभावकलाई सचेत रहन आग्रह

बेलायतमा “स्ट्रेप-ए” बाट ६ जनाको मृत्यु भएपछि अभिभावकलाई सचेत रहन आग्रह


स्ट्रेप ए इन्फेक्सनबाट ६ बालबालिकाको मृत्यु भएपछि बेलायतका स्वास्थ्य अधिकारीहरूले अभिभावकहरूलाई सावधान रहन अनुरोध गरेका छन् ।
गत शुक्रवार हेल्थ सेक्युरिटी एजेन्सी बेलायतले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै आफ्नो बच्चा लाई घाँटी, टाउको दुखेको, ज्वरो आएको वा शरीरमा केही दागहरू देखा परेका छन् भने तुरुन्त चेकजाँच गर्न आग्रह गरेको हो ।
बेलायतमा यो रोगले सेप्टेम्बरदेखि कम्तीमा पनि ६ बच्चाको मृत्यु भएको र ४.५ गुण बढी सङ्क्रमण देखिएको स्वास्थ्य एजेन्सीले जनाएका हुन् ।
स्ट्रेप्टोकोकस ए (स्ट्रेप ए) एक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो, जुन जाडोको समयमा घाँटी तथा छालामा हुने गर्छ । हाल बेलायतमा यसको सङ्ख्या कम भए पनि यसलाई ध्यान नदिइए यसले बिमारी बढाउँदै स्कार्लेट ज्वरो हुन सक्ने स्वास्थ्य विज्ञहरूले जनाएका छन् ।  यो ज्वरोले विशेषतः साना बच्चाहरूलाई सताउने गर्छ । तर यस ज्वरोका ब्याक्टेरिया रक्तप्रवाहमा मिसिन सक्छ र यसले स्ट्रेप ए निम्त्याउँदछ  ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)