२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्मरण शक्ति बढाउने १० उपाय

स्मरण शक्ति बढाउने १० उपाय


हामी कहिलेकाहीँ आफैले राखेको बस्तु बिर्सन्छौँ अनि हैरान बन्छौँ । अध्ययनदेखि हामीले गर्ने हरेक कुरा हाम्रो सम्झन सक्ने शक्तिमा निर्भर हुन्छन् । हामीले दिनहुँ गर्ने हरेक क्रियाकलापले हामीलाई स्मरण शक्ति अझै बलियो पार्न पाए हुन्थ्यो भन्ने महसुस हुनु कुनै नौलो कुरा भने होइन । सही स्मरण शक्तिका लागि मानसिक शारीरिक एवम् मानसिक दुवै तवरबाट तन्दुरुस्त हुन आवश्यक पर्छ । बेलायतमा भएको एक अध्ययनले कसरी स्मरण शक्तिको सुरक्षण गर्न सकिन्छ भनेर खोज गरेको छ ।

१. हिँडडुल गर्ने
हिँडडुल गर्दा दिमागको स्मरण शक्ति बढ्ने भएकोले नियमित हिँड्ने बानी बसाउनुपर्छ । जति हिँडडुल गर्न सक्यो त्यति नै स्मरणको लागि सहयोग गर्ने हिपोक्याम्पस बढ्ने अनुसन्धानले पनि देखाएका छन् । तसर्थ जति सक्दो बढी हिँड्नुहोस्, ताकी तपाईँको दिमाग बढी सक्रिय होस् ।

२. कफी पिउँदा
ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकारात्मक असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । बिहानको कफी वा चियाले स्मरण तेज गर्छ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फुर्तिलो बनाउन महत्त्वपूर्ण मानिन्छ ।

३. पर्याप्त निन्द्रा
दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ । दिमागले राम्रोसँग काम गर्न वयस्कको दिमागलाई दैनिक ७ घण्टा निन्द्राको आवश्यक पर्छ ।

४. खेल खेल्ने
खेल खेल्दा दिमाग सक्रिय हुन्छ । तसर्थ फुर्सदको समयमा खेल्नुपर्छ । शारीरिक रूपमा बाहिर जान समय नभएमा कम्प्युटरमा नै चेस, पजल तथा अन्य खेल्दा दिमाग तेजिलो हुन्छ । किनकि खेलले दिमागको व्यायाम गराउँछ ।

५. गीत सुन्ने र गाउने
स्मरण शक्ति बढाउन गीतले पनि ठुलो सहयोग गर्छ । गीत सुन्दा दिमागको कोषलाई बलियो बनाउँछ ।आफ्नो लयबद्धताका कारण गीत सजिलै तपाईँको दिमागमा बस्छ । आफ्नो मन पर्ने गीतको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईँ सम्झन चाहनुहुन्छ । यसबाट तपाईँले कुनै पनि कुरा लामो समयसम्म याद गर्न सक्नुहुनेछ ।

६ दोहोर्‍याउने
यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।

७. नयाँपन अपनाउने
यदि तपाईँ कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईँ नौ वटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माई भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउँछ । अथवा, सूत्रबद्ध रूपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।

८. कार्डमा लेख्ने
जब महत्त्वपूर्ण बार, गते, सूत्र आदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्ल्यास् कार्डमा लेख्नुहोस् । जब तपाईँलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।

९. पढेको कुरालाई महसुस गर्ने
पढेको कुरालाई मस्तिष्कमा एक तस्बिर बनाउने प्रयास गर्नुहोस्, यसबाट लामो समयसम्म याद राख्न सकिन्छ । पढिरहेको बेलामा तपाईँ ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।

१०. उदाहरण दिनुहोस्
जब तपाईँ कुनै पनि कुरालाई असल जिन्दगीसङ जोडेर हेर्नुहुन्छ भने, त्यो मस्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मस्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ