२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यनयाँबजारमा नेत्रधामको पहिलो शाखा, ६ महिनाभित्र दोस्रो शाखा विस्तार हुने 

नयाँबजारमा नेत्रधामको पहिलो शाखा, ६ महिनाभित्र दोस्रो शाखा विस्तार हुने 


काठमाडौं- काठमाडौंको  खुसिबु नयाँबजारस्थित तुलाधर कम्प्लेक्समा नेत्रधाम आईकेयर सेन्टरको शाखा विस्तार भएको छ । शनिवार एक समारोहका माझ नेपालका पहिलो आँखा सर्जन प्रा. डा. राम प्रसाद पोखरेलले शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटनको समारोहमा ख्यातिप्राप्त नेत्र चिकित्सकहरूको उपस्थिति रहेको थियो । नेत्रधामले नयाँ शाखा उद्घाटनको अवसर पारेर एक दिने निःशुल्क आँखा तथा मधुमेह शिविरको समेत आयोजना गरेको थियो ।

अत्याधुनिक प्रविधिसहित अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट नेत्र रोग सम्बन्धी सेवा दिने उद्देश्यका साथ शाखा विस्तार गरिएको नेत्रधामका प्रबन्ध निर्देशक डा. सन्यम बजिमयले जानकारी दिए । उनका अनुसार नेत्रधामले अत्याधुनिक प्रविधिबाट आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ ।

दुई महिना अघिदेखि निर्माण कार्य सुरु भएको उक्त शाखा दुई वटा फ्लोरमा फैलिएको छ । ‘यो नेत्रधामको पहिलो शाखा हो । आगामी ६ महिना भित्र हामी नयाँ शाखा विस्तार गर्छौ,’ नेत्र धामका दृष्टि विशेषज्ञ डा. पूर्ण रोक्काले भने ।

शाखामा ६ जना चिकित्सकसहित १५जना बढी कर्मचारी छन् । ५० लाख बढी लगानीमा उक्त शाखा विस्तार गरिएको हो । शाखाबाट मोतिया विन्दु, रेटिना, पेडियाट्रिक अप्थाल्मोलोजी लगायत आँखा रोग सम्बन्धी सबै सेवाहरू प्रदान गरिने नेत्रधाम व्यवस्थापनले जनाएको हो ।

डा। रोक्काका अनुसार विशेष गरी पेडियाट्रिक अप्थाल्मोलोजिष्ट डा. संगीताश्रेष्ठ, जलविन्दु विशेषज्ञ डा. निरसरा श्रेष्ठ, डा. विभूति थापा, रेटिना विशेषज्ञ प्रा. डा. गोविन्द पौडेल, रेटिना विशेषज्ञ डा.वजीमय, एकुलोप्यालास्टिक सर्जन डा. दिवा हमाल र डा. प्रणव श्रेष्ठलगायतका चिकित्सकहरूले यहाँ सेवा दिनेछन् ।

कुपण्डोलमा मुख्य अस्पताल रहेको नेत्रधाम ९ औँ वर्ष पूरा गरेको अवसर पारेर नयाँ शाखा विस्तार गरिएको हो ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ