२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा दुई वटा समिति

कोशी अस्पतालमा दुई वटा समिति

कुन समितिलाई बोलाउने भन्ने विवादले बस्न सकेन दुई महिनादेखि बैठक


विराटनगर- विराटनगरस्थित कोशी अस्पताल विकास समितिको दुई वटा समिति रहेको कारणले बैठक बस्न नसक्दा करारमा नियुक्त भएका कर्मचारीहरूले तलब नपाएको दुई महिना भएको छ ।

दुई वटा विकास समिति रहेको कारणले दुई महिनादेखि बैठक नबस्दा १२५ कर्मचारीहरूले तलब नपाएका हुन् ।

कोसी अस्पतालको निमित्त मेसु भएका डा. लक्ष्मीनारायण यादव आएपछि विकास समितिको बैठक बसेको छैन । विकास समितिको बैठकले करारमा नियुक्त भएका कर्मचारीको म्याद थप गरेपछि मात्र करारका कर्मचारीले तलब पाउने व्यवस्था रहेको छ ।

कोशीमा दुई वटा विकास समितिको रहेको र आन्तरिक विवादको कारणले बैठक बस्न सकेको छैन । तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल रहँदा महेश भट्टराईलाई कोसी अस्पतालको विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो । भट्टराई नेतृत्वको समितिको कार्यकाल बाँकी रहँदा नयाँ समिति नियुक्ति भयो । सरकार परिवर्तन भएर आएपछि भवानी खापुङ्ग स्वास्थ्य मन्त्री रहँदा भट्टराई नेतृत्वको विकास समितिलाई हटाएर एकीकृत समाजवादीका भिस्मजंग कार्कीलाई विकास समितिको अध्यक्षमा नियुक्ति गरियो । पछि भट्टराई नेतृत्वको समिति कार्यकाल रहँदा नै पदबाट हटाएको भन्दै सर्वोच्चमा मुद्दा प¥यो । सर्वोच्च अदालतले पुरानो समितिलाई मान्यता दिन अन्तरिम आदेश जारी गरेको छ ।

तत्कालीन मेसु डा. यज्ञराज खरेल निमित्त मेसु भएर अस्पताल आएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर आएको समितिलाई आधिकारिक मान्दै बैठकमा बोलाएर कामकारबाही अगाडी बढाए । कार्की नेतृत्वको विकास समितिलाई तत्कालीन मेसु खरेलले बाइपास गरेर काम कारबाही अगाडी बढाएको आरोप लागेपछि उनलाई जिम्मेवारीबाट हटाए । एकीकृत समाजवादीका मन्त्रीको भागमा परेको स्वास्थ्य मन्त्रीले स्थानीय नेताहरूको दबाबमा नयाँ मेसु नियुक्ति गरे ।

१६ भदौमा अस्पतालका १० औँ तहका फिजिसियन डा. लक्ष्मी नारायण यादवलाई निमित्त मेसु नियुक्त भएर आए । उनी मेसु भएर आएपछि अस्पताल विकास समितिको बैठक बस्न सकेको छैन ।

‘अदालतको अन्तरिम आदेश लिएर आएको पुरानो विकास समितिलाई बैठकमा बोलाएर निर्णय गर्दा बहालवाला स्वास्थ्य मन्त्रीका पार्टी एकीकृत समाजवादीका स्थानीय नेताहरू रुष्ट रहे पदबाट हटाउने हो कि भन्ने डर मेसुलाई रहेको छ । यसअघिका मेसु पुरानो समितिलाई आधिकारी मान्दै काम गर्दा जिम्मेवारीबाट हटाएर नयाँलाई दिएको थियो ।

अहिले आएका मेसुले भट्टराई नेतृत्वको समितिलाई बैठकमा बोलाउँदा कार्की नेतृत्वको विकास समिति रिसाउने डरको कारणले बैठक बस्न नसेको हो,’ अस्पतालका सिनियर चिकित्सकले भने ।
मेसु यादवले अहिले दुवै विकास समितिलाई मिलाएर अगाडी बढाएर लैजाने लाइनमा रहेका छ ।

बिहीबार कोशी अस्पतालको ५ सय शय्याको मेडिकल भवनको शिलान्यास कार्यक्रममा अतिथिमा दुवै विकास समितिका अध्यक्षलाई अतिथिको लागि बोलाएका थिए । कार्की कार्यक्रममा उपस्थिति भए भने भट्टराई ढिलो खबर भएको भन्दै कार्यक्रममा सहभागी भएनन् । कार्यक्रम सञ्चालन गरेकी मञ्जु यादवले मञ्चमा दुवै अध्यक्षलाई आसन ग्रहणको लागि बेलाएकी थिइन् ।

यो पनि पढ्नुहोस्

कोशी अस्पतालका चिकित्सकले पाएनन् तलब, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा 


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ