२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वाद र गन्ध हराएका कोभिड संक्रमितको प्रतिरोधात्मक शक्ति बलियो : अध्ययन

स्वाद र गन्ध हराएका कोभिड संक्रमितको प्रतिरोधात्मक शक्ति बलियो : अध्ययन


कोभिड १९ को सङ्क्रमणले एउटा व्यक्तिको शरीरमा लामो र छोटो दुवै अवधिका असरहरू पार्न सक्छ । तर एक अध्ययनले सङ्क्रमणका समयमा स्वाद र बास्ना हराउनुले व्यक्तिको प्रतिरक्षा प्रणाली बलियो भएको हुनसक्ने पत्ता लगाएको छ ।

प्लस वान जर्नलमा प्रकाशित एक अध्ययनले स्वाद र गन्ध गुमाउने कोभिड सङ्क्रमितहरूमा सङ्क्रमणको लामो समयपछि सामान्यभन्दा दोब्बर एन्टीबडीहरु हुने सम्भावना रहेको खुलाएको छ ।

कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सुरुको महिनामै कोभिड सङ्क्रमित बनेका उत्तरी म्यानहाटन, न्यु योर्क सिटीका ३०६ जना वयस्कहरूलाई उक्त अध्ययनमा समावेश गरेका थिए । अध्ययनमा संलग्न दुईतिहाई आफूलाई कोभिड सङ्क्रमण हुँदो बास्ना र स्वाद गुमाएको बताएका थिए ।

त्यसपछि उनीहरूलाई सङ्क्रमण सकिएको कम्तीमा पनि दुई हप्ता भित्रमा एन्टीबडी रगत जाँचका लागि बोलाइएको थियो । कोभिड एन्टीबडीको स्तर समयसँगै घट्दै जान्छ ।

३०६ जनामा गरिएको उक्त अनुसन्धानको २६६ जनाको एन्टीबडी जाँच गरिएकोमा १७६ जनामा कोभिडको एन्टीबडी पाइयो भने बाँकी ९० जनामा पाइएन ।

यसरी अध्ययनले ७१ प्रतिशत गन्ध र स्वाद गुमाएका व्यक्तिमा कोभिडको एन्टिबडी पाइएको पत्ता लगायो । यसबाट कोभिडको समयमा ती समस्याहरू खेपेका व्यक्तिहरूमा एन्टीबडी पाइएको र त्यस्ता कुनै लक्षण नभएकामा एन्टीबडी नपाइएको अध्ययनले जनाएको छ ।

सुरुका समयमा कोभिड सङ्क्रमित व्यक्तिहरूमा यस्ता लक्षणहरू देखिए तापनि हाल बढ्दो कोभिडको भेरियन्टसँगै यी लक्षणहरू हराएका छन् ।

कमजोर भएको गन्ध र स्वादलाई फर्काउन के गर्ने ?

आफ्नो दैनिक खानामा प्राकृतिक रूपमै बास्ना र स्वाद भएका खानेकुरालाई समावेश गर्ने । जस्तै चीज र टोस्ट गरिएका नट्सहरु । त्यस्तै खानामा विभिन्न बास्नाजन्य आयुर्वेदिक हब्र्स, मसाला र सिजनिङहरु मिलाएर स्वादलाई बुस्ट गर्ने खानेकुरा मिलाउनुका साथै विभिन्न रूप र रङका खानाको सेवन पनि गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ