२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्राथमिक स्वास्थ्य केन्द्रमै सिकलसेल परीक्षण मेसिनको उद्घाटन

प्राथमिक स्वास्थ्य केन्द्रमै सिकलसेल परीक्षण मेसिनको उद्घाटन


धनगढी – कैलालीको कैलारी गाउँपालिकाले स्थानीय स्वास्थ्यमै सिकलसेल परीक्षण सुरु गरेको छ । गाउँपालिकाको वडा नं ८ मा रहेको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबार गाउँपालिकाका अध्यक्ष राम समझ चौधरी ले सिकलसेल मेसिनको उद्घाटन गरेका हुन् ।

उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राम किशोर चौधरीले आइतबार मेसिन उद्घाटन भएको र परीक्षण महँगो भएकाले के गर्ने विषयमा छलफल गर्न बाँकी रहेको बताए ।

कैलारी गाउँपालिकाले सिकलसेल मेसिन खरिद गरी प्राथमिक स्वास्थ्य केन्द्रलाई दिएको थियो ।  कैलारी गाउँपालिकामा ५४ जना नियमित उपचारमा रहेको र स्थानीय ठाउँमा शिविर आयोजना गरी रगत परीक्षण गर्दा पोजेटिभको सङ्ख्या बढी रहेको स्वास्थ्य शाखा प्रमुख नरेश कुमार चौधरीले बताए । उनले भने, नियमित उपचारमा रहेका बिरामीलाई उपचार गराउँदा यातायात खर्च बापत ५०० आर्थिक सहयोग गर्ने गरेको बताए ।

कैलारी गाउँपालिकामा ९५ प्रतिशत थारु समुदायको बसोबास रहेको उक्त समुदायमा देखा परेको सिकलसेल परीक्षणको लागि सहजता भएको गाउँपालिकाले जनाएको छ ।

सिकलसेलको उपचारमा रहेका बिरामीहरूलाई नेपाल रेडक्रस सोसाइटी धनगढी मार्फत निःशुल्क रगत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ