२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा पाँच दिने योग शिविर सकियो, १९ वटै वडामा गर्ने तयारी

विराटनगरमा पाँच दिने योग शिविर सकियो, १९ वटै वडामा गर्ने तयारी


विराटनगर – विराटनगरमा पाँच दिने योग शिविर सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको योग शिविर सोमबार सम्पन्न भएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगरपालिका जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताए । उनले  योगले स्वस्थ जीवन व्यतीत गर्न सहयोग पुग्ने उल्लेख गरे । १९ वटै वडामा योग शिविर सञ्चालन गर्न महानगर तयार रहेको उनले बताए ।

समापन समारोहमा ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र न्यौपानेले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सकिए स्वस्थ जीवनयापन गर्न सकिने बताए । उनले  वडावासीका लागि विराटनगर ११ मा योग शिविर सञ्चालन गरिएको जानकारी दिए ।

पतञ्जलि योग समिति मोरङका अध्यक्ष ध्रुवबहादुर प्रधानले स्वस्थ जीवनका लागि योगको महत्त्वका बारेमा प्रकाश पारे । योग प्रशिक्षक नेनिन राई, शिल्पा प्याकुरेल, बिनु सापकोटा, चन्द्रमणि गुरागाईँलगायतले प्रशिक्षण दिएका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ