२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह

सुर्खेतमा पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह


सुर्खेत – कोभिड—१९ को नयाँ भेरियन्टको त्रास बढिरहेको बेला सुर्खेतमा भने पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह गरिएको छ । बुधवार कोभिड सङ्कट व्यवस्थापन समितिको बैठक बसी जिल्ला प्रशासन कार्यालयले छिमेकी मुलुक भारतलगायतमा कोभिडको नयाँ भेरियन्ट (वी एफ—७)को भित्रिएको समाचार आइरहेको बेला कर्णालीको प्रवेशद्वार रहेको सुर्खेतमा पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको हो ।

कोभिडको नयाँ भेरियन्टको त्रास बढेको बेला पुनः स्वास्थ्य सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरे । ‘हात धुने बानी, मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न छोडिएको, भिडभाड बढेको हुँदा अव पुनः स्वास्थ्य सतर्कता आउनुपर्ने बेला आएको छ ।’ उनले भने,‘सञ्चार माध्यमहरूले पनि सूचना र सन्देश प्रसारण गरेर सर्वसाधारणलाई  सजग गराइदिन आग्रह गर्दै उद्योगी व्यवसायीहरूले पनि स्वास्थ्य सतर्कता अपनाएर व्यापार व्यवसाय गर्न आग्रह गर्दछु ।’

कोभिडको जोखिम कम भएका कारण परीक्षण, खोप, बजेटलगायत सबै आवश्यक वस्तुहरू पनि अहिले कम हुँदै गएका जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले बताए । ‘सुर्खेतमा अहिले ३९० डोज मात्र भेरोसेल खोप भएको जानकारी दिदैं कोभिडको नयाँ जोखिम आएकोले विगतको पूर्वाधार पुनः तयार गर्नुपर्ने बेला आएको छ ।’ उनले भने, ‘स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्दछु ।’

कर्णाली प्रदेशभर ४० हजार सिङ्गल डोज खोप, परीक्षणका लागि २७ हजार थान एजेन्ट कीट, सवा तीन लाख थान सर्जिकल मास्क र ६० हजार थान एन—९० मास्क, ४७५ थान अक्सिजन सिलिन्डर, ८१ थान अक्सिजन कन्सन्ट्रेटर र लाख ट्याब्लेट पारा सिटामोल मौज्दात अवस्थामा रहेको प्रदेश आपूर्ति कार्यालयका प्रमुख डा. शक्ति सुवेदीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले वीरेन्द्रनगरमा अहिले पनि कोभिड परीक्षण र खोप लगाउने काम भइरहेको बताए । उनले सबैलाई कोभिडको नयाँ जोखिम आएको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ