२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १संजीवनी हस्पिटलका सञ्चालक यादवमाथि नर्सलाई बलात्कार गरेको आरोप : चार महिनापछि पक्राउ 

संजीवनी हस्पिटलका सञ्चालक यादवमाथि नर्सलाई बलात्कार गरेको आरोप : चार महिनापछि पक्राउ 


विराटनगर-विराटनगरस्थित हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लिका सञ्चालक ३३ वर्षीय दिवाकर यादव जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भई विराटनगर-२ मा बस्दै आएका यादवले २७ वर्षीया नर्सलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

ती नर्सलाई २१ भदौंमा दिउँसो विराटनगरस्थित डेरामा जबरजस्ती करणी गरी कुटपिट गरेको आरोप छ । यादव विरुद्ध ती नर्सले मोरङ प्रहरीमा जबरजस्ती करणीमा भदौ अन्तिमतिर जाहेरी दिएकी थिइन् । पीडितले दिएको जाहेरी आधारमा निवेदन दर्ता भएको चार महिनापछि आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका यादवलाई प्रहरीले आइतबार मोरङ अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । यादव बिरामी भएपछि उनलाई अहिले मोरङ हस्पिटलमा राखेर उपचार सुरु गरिएको छ ।

नर्स र यादव ७ वर्षदेखि लिभिङ्ग टुगेदरमा बस्दै आएकी थिइन् । उनीहरूको चिनजान २०७० सालमा भएको हो । इनरुवाको एक हस्पिटलमा काम गर्ने क्रममा उनीहरूको चिनजान भएको थियो । यादव विवाहित हुन् । नर्स अविवाहित हुन् । इनरुवाको एक हस्पिटलमा भेटघाट भएपछि उनीहरू नजिकिएका थिए ।

यादवले धाक धम्की दिँदै पटक-पटक बलात्कार गरेको आरोप छ । ‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जबरजस्ती करणी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाक धम्की दिई करणी गर्नुभयो । म रोई कराइ गर्दा मलाइ लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकले थाहा पाइ हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिए,’ ती नर्सले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

प्रहरीमा जाहेरी हालेपछि यादव फरार थिए । यादवले हस्पिटलमा ७० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ सेयर हालेर प्रमुख भएर भित्रिएका थिए । उनी आएको ४ महिना हस्पिटल राम्रोसँग चलेपछि सेयर सञ्चालकहरूबिचको विवादको कारणले बजारको ४० करोड रुपैयाँ ऋण नतिरी कार्तिकमा बन्द भएको छ । ४० करोड मध्ये २ करोड रुपैयाँ भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीहरुको पैसा दिन बाँकी रहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ