२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी 

कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी 


विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।

तत्कालीन कोशी अस्पताल मेसु डा. यज्ञराज खरेलको पालामा भाडामा लगाएको सटर खाली गराउने निर्णय गरेको थियो ।  १४ भदौं  अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईको अध्यक्षमा बसेको बैठकले भदौ १५ गतेसम्म सटर भाडाको बाँकी बक्यौता उठाउने र सो नभए १५ कार्तिकसम्म खटर खाली गराउने निर्णय गरेको थियो । बिहीबार हस्पिटलले सटर खाली गराउन दिएको दुई महिना समयपछि महानगरपालिको डोजर लगाएर भत्काएको हो ।

कोशी अस्पताल अगाडीको सटरमा रहेको होटलमा डोजर लगाएर खाली गर्दै ।

हस्पिटलले दिएको समय सीमा भित्र सटर खाली नगरेपछि डोजर लगाएर खाली गराएको कोशी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए । ‘हस्पिटलको सटर खाली गराउने ४ महिना अगाडी हामीले निर्णय गरिएको थियौं । यहाँ रहेको समान हटाउन हामीले पर्याप्त समय पनि दिएका थियौ । त्यही अनुसार अहिले आएर खाली गराएको हो,’ उनले भने, ‘खाली गराएको क्षेत्रमा अब हस्पिटलले वाल लगाएर व्यवस्थित गर्नेछ ।’

२०७५ भदौ १ गते अस्पतालसँग सम्झौता गरेर ११ जनाले हस्पिटलको सटर भाडामा लिएका थिए । २०७५ सालदेखिको ११ वटा सटरको ८४ लाख ४१ हजार ६४० रुपैयाँ भाडा उठ्न बाँकी रहेको अस्पतालको अभिलेखमा देखिन्छ । उनीहरूले पाँच वर्ष २०८० सम्मको सम्झौता गरेर मासिक १० देखि २५ हजार रुपैयाँसम्म भाडा तिर्ने सम्झौता पत्रमा उल्लेख छ ।

यसरी हस्पिटललाई भाडा दिनुपर्नेमा सबैभन्दा बढी बक्यौता शानुभाइ डंगोलको रहेको छ । डंगोलले हस्पिटललाई भाडा बापतको ९ लाख ८७ हजार १४० रहेको छ । यस्तै सरकलाल राजवंशीले ६ लाख ८२ हजार ६५६, छोटु मुखियाको २ लाख ३३ हजार ९६९, शान्ति लिम्बुको २ लाख ९९ हजार ८३०, दिपचन्द्र मण्डलको २ लाख ९९ हजार ८३०, दुर्गादेवी मण्डलको ७ लाख ९१ हजार ७९० र डोमा मण्डलको २ लाख ७० हजार ४१५ रुपैयाँ भाडा बापको रकम हस्पिटललाई तिर्नुपर्ने अस्पतालले जनाएको छ । वर्षौँदेखि उनीहरूले भाडा नबुझाएको हस्पिटलको अभिलेखमा देखिन्छ । भाडा नबुझाउने ७ जनाको अहिले हस्पिटलले डोजर लगाएर खाली गराएको हो ।

यसरी समयमै हस्पिटलको सटर प्रयोग गरेर भाडा नबुझाउनेहरूमा सुवास कुमार राजवंशी, राजा धोवी, बसन्त राज गौतम, गगनदेवी सरदार रहेका छन् । सटर खाली गराएको ठाउँमा हस्पिटलले वाल लगाएर हस्पिटललाई व्यवस्थित गराउने तयारीमा लागि पर्ने कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ