२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशघरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा


सुर्खेत – कालिकोटको रास्कोट नगरपालिकाले गाउँघरमै स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस, नगर माथि गाउँ घरमा स्वास्थकर्मी साथी’ भन्ने मुख्य नाराका साथ अन्र्तगत नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो ।

नागरिकको घरदैलौमै पुगेर निःशुल्क रुपमा स्वास्थ्य सेवालगाएतका अन्य सेवा दिदैँ आईरहेको छ ।

नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिका भित्रका गर्भवती महिलाहरुको निःशुल्क स्वाथ्य जाँच, गाउँघरमै पुगेर वृद्ध भत्ता, निःशुल्क स्वास्थ्य सेवा र जेष्ठ नागरिक तथा दमका बिरामीहरुको लागि सुगर, प्रेसर, निःशुल्क औषधी उपचार तथा स्वास्थ्य सेवा दिदै आएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले जानकारी दिनुभयो । ‘घरदैलामै पुगेर एकृकित सेवा प्रवाह कार्यक्रम दिदैं आइरहेका छौं ।’

उनले भने, ‘पालिका भित्रका सुत्केरी आमा र गर्भवती आमाको मोवाइलमा एसएमएस एलर्ट सेवा प्रदान गर्ने गरिएको छ ।’

जेष्ठ नागरिक अपांगता भएका व्याक्तिहरुलाई स्वास्थ्य वीमा गरिएको नगर प्रमुख शाहीले जानकारी दिए । नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ