२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त स्वास्थ्य मन्त्री गिरीले लिए शपथ

नवनियुक्त स्वास्थ्य मन्त्री गिरीले लिए शपथ


काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मङ्गलवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मन्त्री गिरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गिरी नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएका हुन् । यसै गरी स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले पनि पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

उनी ललितपुर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्दै स्वास्थ्य राज्य मन्त्री भएकी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ