२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोमा जोर्नी दुख्ने समस्या भएकाले के खानु राम्रो ?

जाडोमा जोर्नी दुख्ने समस्या भएकाले के खानु राम्रो ?


जाडोमा बढ्दो चिसोका कारण धेरै समस्या हुन थाल्छ । जोर्नी दुख्ने समस्या पनि यिनै समस्या मध्ये एक हो । जाडो मौसममा जोर्नी दुख्ने समस्या वृद्ध वृद्धालाई निकै सताउने गर्छ । बाथ रोगको गुनासो भएकाहरूका लागि जाडोले थप समस्या ल्याउँछ ।

जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउन मानिसहरू औषधिको प्रयोग साथसाथै विभिन्न प्रकारका महँगो तेल र बाम प्रयोग गर्छन् । यी सबै चीजहरू प्रयोग गर्नुको साथै, तपाईँ आफ्नो खानामा केही चीजहरू समावेश गरेर जोर्नी दुखाइबाट छुटकारा पाउन सक्नुहुन्छ । यी चीजहरूले तपाईँको शरीरलाई भित्रबाट फाइदा गरेर दुखाइ कम गर्न काम गर्दछ ।

केसर तथा बेसार दूध
बेसारमा एन्टी–इन्फ्लेमेटरी गुणहरू पाइन्छ, जसले जोर्नी दुखाइमा राहत दिन्छ, साथै दूध क्याल्सियमको उत्तम स्रोत हो, जसले हड्डीहरूलाई बलियो बनाउँछ । धेरै अनुसन्धान पछि, यो स्वीकार गरिएको छ कि बेसार गाँठोको दुखाइमा धेरै प्रभावकारी छ । चिसो मौसममा एक गिलास तातो दूधमा बेसार र केसर मिसाएर पिउनुपर्छ ।

अम्बा र पनिरको सलाद
अम्बा एउटा यस्तो फल हो जुन सजिलै पाइन्छ । यो धेरै महँगो नभई स्वास्थ्यका लागि पनि फाइदाजनक छ । पनिरबाट शरीरलाई क्याल्सियम प्राप्त हुन्छ, जुन हाम्रो हड्डीका लागि फाइदाजनक हुन्छ । अम्बालाई सानो टुक्रामा काट्नुहोस् र यसमा काटेको पनिर, सख्खरÞ र थोरै अमिलो हाल्नुहोस् र राम्ररी मिसाउनुहोस् । तपाईँको स्वादिष्ट सलाद तयार छ । यसबाहेक यसमा अन्य धेरै पौष्टिक चीजहरू थपेर यसलाई अझ राम्रो बनाउन सकिन्छ ।

ब्रोकाउली र बदाम सूप
जाडो मौसममा तातो र स्वादिष्ट सुप पिउनुको आफ्नै आनन्द छ । जाडो मौसममा ब्रोकाउलीको सूप बनाएर पिउन सकिन्छ, यसमा बदाम मिसाएर थप फाइदाजनक हुन्छ । बदाममा क्याल्सियम र ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । त्यसैले चिसो मौसममा हड्डीका लागि यो सूप निकै फाइदाजनक हुन्छ ।

सुन्तला, अदुवा र गाजर डिटक्स
जाडोमा आफ्नो डाइटमा डिटोक्स ड्रिंक समावेश गर्नुहोस् । सुन्तला, गाजर र अदुवामा एन्टी–इन्फ्लेमेटरी गुणका साथमा राम्रो मात्रामा क्याल्सियम पनि पाइन्छ । त्यसैले यो पेय हड्डीका लागि फाइदाजनक हुन्छ । जसबाट जाडोमा जोर्नी दुखाइबाट बच्न सकिन्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ