२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशखानासँग विषादीयुक्त जडीबुटी खाएपछि जुम्लामा एक जनाको मृत्यु, ३ बिरामी

खानासँग विषादीयुक्त जडीबुटी खाएपछि जुम्लामा एक जनाको मृत्यु, ३ बिरामी


जुम्ला – चन्दननाथ नगरपालिका –८ रोकायाबाडामा खाना गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल धराला, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल घर धनी हुन् । अरू सबै उनको घर बनाउन ज्यालामा आएका डकर्मी हुन् ।

गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरूलाई तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याएको स्थानीय भैरवबहादुर धरालाले बताए ।

उनले गेडागुडीमा हालिएको जडीबुटीमा विषादीयुक्त जडीबुटी परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य ३ जना होसमा आइसकेका छन् । उनीहरूको प्रतिष्ठानको आइसियुमा राखेर उपचार भइरहेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ