२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा घट्दै कुष्ठरोग

कर्णालीमा घट्दै कुष्ठरोग


सुर्खेत – कर्णालीमा कुष्ठरोगका बिरामी घट्दै आएका छन् । सरुवा रोगको रूपमा रहेको कुष्ठरोग कर्णालीमा उन्मूलनको चरण पुगेको हो ।

कर्णाली प्रदेशमा आर्थिक वर्षमा २०७२/७३ देखि २०७८/७९ सम्म ६४४ नयाँ कुष्ठरोगका बिरामी फेला परेको भए पनि हाल त्यो सङ्ख्या घटेर ८४ पुगेको छ ।

कर्णाली प्रदेशमा हाल कुष्ठरोगका बिरामी ८४ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी कुष्ठरोगको बिरामी सुर्खेतमा १५ जना, दैलेखमा १२, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा ११/११ जना, जुम्लामा १०, कालिकोटमा आठ जना, हुम्ला, डोल्पा र मुगुमा दुई/दुई गरी छ जना बिरामी रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले बताए ।

‘कर्णालीमा कुष्ठरोग करिब करिब निवारणकै अवस्थामा छ । हामीकहाँ कुष्ठरोगी हुँदै नभएको भनेचाहिँ होइन ।’ उनले भने,‘छिटपुट बिरामी हुनुहुन्छ । कर्णालीमा विकराल समस्याको रूपमा कुष्ठरोग छैन ।’

प्रभावकारी र बहु उपयोगी औषधि र निःशुल्क उपचारका कारण कर्णालीमा कुष्ठरोग निवारणतर्फ उन्मुख भएको सूचना अधिकारी केसीको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ