२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए निर्वाचनमा निर्णायक मानिएको काठमाडौं उपत्यकामा मतदान जारी

एनएमए निर्वाचनमा निर्णायक मानिएको काठमाडौं उपत्यकामा मतदान जारी


काठमाडौं—नेपालको सबैभन्दा पूरानो पेशागत संगठन नेपाल मेडिकल एशोसिएसन (एनएनए) को नयाँ कार्यसमिति चयनका लागि काठमाडौं उपत्यकामा मतदान जारी छ । बिहीबार विहान ९ बजेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उपत्यकाको मतदान सुरु भएको हो ।

साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । नेपाल चिकित्सक संघको निर्वाचन समितिकाअनुसार काठमाडौं उपत्यकामा १९, २० र २१ गते तीन दिन विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।

यसअघि पहिलो चरणमा एनएमएको उपत्यका बाहिरका १६ शाखामा ६ र ७ माघमा मतदान सम्पन्न भइसकेको छ । निर्वाचन समितिकाअनुसार उपत्यका बाहिरका १६ शाखामा ३ हजार ६ सय ५० मत खसेको छ ।

सबैभन्दा बढी मतदाता रहेको उपत्यकालाई कार्यसमितिको निर्वाचनको निर्णायक मानिन्छ । उपत्यकामा झण्डै ९ हजार मतदाता छन् ।

एनएमएमा नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक प्यानलबाट डा. अनिल कार्कीको प्यानल चुनावी मैदानमा छ । यसैगरी, डा. सन्तोष पौडेलको नेतृत्वमा पेशागत समावेसी प्यानल चुनावी प्रतिस्पर्धामा रहेको छ ।

डा. शिवजी लम्साल भने स्वतन्त्र प्यानल बनाएर एनएमएको अध्यक्षसहितका पदमा प्रतिस्पर्धा गरिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ