२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश१५ महिनामा लागुऔषधका १० मुद्दा दर्ता, ३१ जना पक्राउ

१५ महिनामा लागुऔषधका १० मुद्दा दर्ता, ३१ जना पक्राउ

सडक विकाससँगै भित्रियो लागु औषध 


जुम्ला – स्वास्थ्यका लागि निकै हानिकारक लागु औषध जुम्लामा झाँगिँदै गएको छ । सडक विकाससँगै यो हानिकारक पदार्थ जुम्लामा भित्रिएको हो । कर्णाली राजमार्ग ०६२ सालमा खुलेको हो ।

सडक नखुल्नु अघि जुम्लामा लागु पदार्थको रूपमा स्थानीय स्तरमा उत्पादन हुने भाँग, (चरेस) अफिम मात्रै थाहा थियो । यही स्थानीय स्तरमा पाइने चरेस अफिम लागु पदार्थको रूपमा भन्दा पनि यहाँका बुढापाकाले औषधिका रूपमा प्रयोग गर्ने गरेको सुनिन्थ्यो ।

तर ०६२ सालपछि जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै लागु औषध ब्राउन सुगर भित्रिन थाले । सडक सञ्जाल जोडिएको दुई दशक नपुग्दै जुम्ला लागु औषधिको हटस्पट बन्दै गएको छ । अहिले जुम्ली अभिभावकलाई आफ्ना बालबच्चालाई यो लागु औषधिको दुर्व्यसनीबाट जोगाउन निकै मुस्किल हुने गरेको छ ।

यही कुलतमा बसेका कतिपय बालबच्चालाई अभिभावकले सुधार गृहमा भर्ना गरेका छन् । जुम्लामा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्नका लागि राज्य र अभिभावक उत्तिकै जिम्मेवार हुनु पर्ने देखिएको छ । अभिभावकले पनि आफ्ना बालबच्चा कहाँ के गरी रहेका छन् ।

अभिभावकले बालबच्चालाई कडा निगरानीमा राख्नु पर्ने देखिएको छ । धेरै जसो लागु पदार्थ भारतको रुपडिहाँ नाकाबाट बाँके नेपालगन्ज, सुर्खेत हुँदै कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट र मुगु जिल्लामा पुग्ने गरेको पाइन्छ । यो तिन वटै जिल्ला सडक सञ्जालमा जोडिएका छन् ।

भारतको रुपडिहाँमा एक हजार रुपियाँमा खरिद गरेको ब्राउन सुगर जुम्ला, कालिकोट र मुगुमा विक्री गर्दा २०÷३० हजार रुपियाँसम्म विक्री गर्ने गर्दछन् । रातारात पैसा कमाउने व्यक्तिहरूले नै लागु औषध जस्तो दुई नम्बर धन्दा गर्ने गरेको पाइन्छ । यसअघि हवाई जहाजमार्फत नेपालगन्जबाट जुम्ला ब्राउन सुगर पुगेको थियो ।

१५ महिनामा लागु औषधका १० वटा मुद्दा दर्ता हुँदा ३१ जना प्रतिवादी पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने ब्राउन सुगर ७९३ दशमलव ९ मिलिग्राम र चरेस ५८० दशमलव ६२ मिलिग्राम बरामद गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ