गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोग केशरमहल सर्ने चिकित्सा शिक्षा आयोग केशरमहल सर्ने हेल्थ आवाज बुधवार, २०७९ फागुन ३ गते, १५:१८ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोग नारायणहिटी नजिकै रहेको केशर महलमा सर्ने भएको छ । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले भवनको रेट्रो फिटिङको काम भइरहेकाले त्यो सकिने बितिकै आयोग केशरमहलबाट आफ्नो काम कारवाही सुरु गर्ने बताए । ‘५—६ महिनाअघि नै आयोगलाई जग्गा प्राप्तिको निर्णय भएर भवन रेट्रो फिटिङको काम भइरहेको छ,’ डा. गिरीले हेल्थआवाजसँग भने, ‘त्यो सर्ने बितिकै हामी केशरमहल सर्छौ ।’ अहिले आयोगको कार्यलय सानोठिमी भक्तपुरमा रहेको छ । आयोगले सानोठिमीस्थित शिक्षा विभागको परिसरमा अस्थायी संरचना बनाएर काम गरिरहेको छ । सानोठिमी लोकेसनका हिसाब पनि अपायक भएपछि आयोग केशरमहलमा सर्न लागेको हो । केशरमहलमा यसअघि शिक्षा मन्त्रालय रहेको थियो । केही वर्षअघि नै शिक्षा मन्त्रालय सिंहदरबारभित्रको आफ्नै नयाँ भवनमा सरिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ