२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसांसद चन्द्र भण्डारीसँगै ६ जना चिकित्सकको टोली मुम्बई जाँदै 

सांसद चन्द्र भण्डारीसँगै ६ जना चिकित्सकको टोली मुम्बई जाँदै 


काठमाडौँ – ६ ग्याँस सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीसँग ६ जना चिकित्सकको टोली मुम्बई प्रस्थान गर्ने भएका छन् । हिजो बेलुका ग्याँस विस्फोटमा परी घाइते भएका उनलाई आज भारतस्थित नेसनल बर्न सेन्टरमा लिएर जान लागिएको हो ।

सांसद भण्डारीसँग डा. प्रदीप तिवारी, डा. बृहस्पति, डा. रोशन शर्मा, दिनेश राई, सागर महर्जन र राज तामाङलगायतका चिकित्सकका टोली श्री एयरलाइन्समा मुम्बई प्रस्थान गर्ने भएका हुन् ।

अस्पतालकै आग्रहमा उनलाई मुम्बई लग्न लागिएको हो । दुर्घटनामा सांसद भण्डारीकी आमा हिराकला भण्डारीको भने कीर्तिपुर अस्पतालमै निधन भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ