२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुख्य सचिवको संयोजकत्वमा स्वास्थ्य सेवा दिवस मूल समारोह समिति

मुख्य सचिवको संयोजकत्वमा स्वास्थ्य सेवा दिवस मूल समारोह समिति


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको स्वास्थ्य सेवा दिवस मनाउन मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा मूल समारोह समिति बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको संयोजकत्वमा सोमबार बसेको बैठकले मूल समारोह समिति बनाएको हो ।

सो समितिको सह—संयोजका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन सचिव देवकुमारी गुरागाईं र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई तोकेको छ । त्यसैगरी, सबै अतिरिक्त सचिव, स्वास्थ्य मातहतका सबै विभागका महानिर्देशक, महाशाखा प्रमुख, अस्पतालका प्रमुख, निर्देशक, कार्यालय प्रमुख, केन्द्र प्रमुख र स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरु सदस्य तोकिएको छ ।

मूल समारोह समितिको सदस्य सचिव समन्वय महाशाखा प्रमुखलाई तोकेको छ । सो बैठकले स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको संयोजकत्वमा पुरस्कार छनौट उपसमिति गठन गरेको छ ।

यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल’ निर्माणमा हाम्रो टेवा’ राखिएको छ । स्वास्थ्य सेवा दिवसमा फागुन १४ गते योग कार्यक्रम सञ्चालन गर्ने र १५ गते राष्ट्रिय सभागृहमा मुल समारोह समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा मूल समारोह कार्यक्रम गर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ