गृहपृष्ठ ∕ समाचार ∕ १० घण्टा लगाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया १० घण्टा लगाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया हेल्थ आवाज शुक्रबार, २०७९ फागुन १२ गते, १६:२६ मा प्रकाशित पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका रुपमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पश्चिमाञ्चल अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीकाअनुसार २९ माघमा पर्वतका ५४ वर्षीय पुरुषको मुखभित्रको जटिल क्यान्सरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । ‘मुखभित्रको तेस्रो स्टेजको क्यान्सर वाइड लोकल एक्सीजन एण्ड सुपराओहाइड अपरेसन विधीबाट हटाएर उक्त घाउमा बिरामीको आफ्नै बायाँ हातको मासु प्रत्यारोपण गरी गरिएको छ,’ डा. खत्रीले भने । उक्त शल्यक्रियामा अस्पतालका प्लास्टिक सर्जन डा. पियुष गिरीसहितको प्लास्टिक सर्जरी टिम, म्याग्जिलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेसहितको दन्त चिकित्सक टिम संलग्न रहेको थियो । चिकित्सकहरुको टोलीले १० घण्टा समय लगाएर उक्त जटिल शल्यक्रिया सम्पन्न गरेको उनले बताए । शल्यक्रियापछि बिरामीको गलाको भित्री भाग पुननिर्माण सफलतापूर्वक सम्पन्न भएर ७ फागुनमा बिरामीलाई डिस्चार्ज गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने