२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा बिरामीको चाप दोब्बर, चेकजाँच गराउन तीन घण्टासम्म लाइन बस्नुपर्ने बाध्यता

भेरी अस्पतालमा बिरामीको चाप दोब्बर, चेकजाँच गराउन तीन घण्टासम्म लाइन बस्नुपर्ने बाध्यता


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पतालमा बिरामीको चाप दोब्बरले वृद्धि भएको छ । दैनिक ५ सयसम्म बिरामी पुग्ने भेरी अस्पतालमा पछिल्लामा दिनहरुमा उपचारका लागि पुग्ने बिरामीको संख्या ९ सय ५० सम्म पुग्न थालेको छ ।

बिरामीहरुको चाप बढ्दा चेकजाँचका लागि पर्चा बनाउन र विमा सुविधा लिन बिरामीहरु घण्टौं लाइन लाग्नुपर्ने बाध्यता भएको उपचारका लागि लाइनमा बसेकी बिरामी सुनिता यादवले बताइन् ।

निजी स्वास्थ्य संस्थाहरुमा विमाबाट उपचार सेवा बन्द भएका कारण विरामीको चाप भेरी अस्पतालमा बढ्दै गएको हो । पछिल्ला दिनमा आकस्मिक रुपमा बिदा धेरै हुँदा पनि बिरामीहरु अस्पताल खुलेकोको दिन पर्खिएर अस्पतालमा पुग्ने गरेका छन् ।

विशेषज्ञ चिकित्सक र गुणस्तरीय उपचार सेवा भएका कारण बिरामीको विश्वास बढ्दै गएका कारण अस्पतालमा चाप बढेको भेरी अस्पतालका प्रमुख डा. बद्री चापाचाईंले बताए । चाप धेरै हुँदा बिरामीले राम्रोसँग उपचार सेवासमेत पाउन सकेका छैनन् ।

बिरामीलाई सहज रुपमा उपचार सेवा दिनका लागि भेरी अस्पतालमा ४० जना विशेषज्ञ चिकित्सक छन् । तर, भवनको अभाबका कारण ओपीडीमा बिरामीलाई उभिने ठाउँ पाउनसम्म हम्मे—हम्मे पर्ने गरेको छ । इमर्जेन्सी वार्ड, अप्रेशन थियटर र प्रयोगशालाका संचालनका लागि ठाउँको अभाव हुँदा बिरामीहरुलाई समयमै सहज रुपमा उपचार सेवा दिन समस्या परेको डा. चापागाईंले बताए ।

पश्चिम नेपालको रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालले मुटु, स्त्री तथा प्रसुती, चर्म, दन्तरोग, हाडजोर्नी, नाक कान घाटी, सर्जरी, मेडिसिन, नसा रोग, मुत्र रोग, मिर्गौला रोग, बालरोग, मानसिक रोगलगायतका एक दर्जनभन्दा बढी किसिमको रोगका बिरामीहरुका लागि विशेषज्ञ सेवा दिदैं आएको छ ।

भेरी अस्पताललाई ५ सय शैय्याको अस्पताल बनाउने घोषणा गरिएको तीन बर्ष बितिसके पनि हाल १ सय ६२ शैय्या मात्रै संचालनमा छ । अस्पताल परिसरमै निर्माण सुरु भएको २ सय ४० शैय्याको नयाँ भवनको निर्माण कार्य पूरा नहुँदासम्म बिरामीहरु यस्तै सास्ती खेपेर उपचार गराउन बाध्य हुनेछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ