२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमालेले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलायो, स्वास्थ्य मन्त्री गिरी पनि बाहिरिए

एमालेले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलायो, स्वास्थ्य मन्त्री गिरी पनि बाहिरिए

एमालेद्वारा दाहाल सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं—नेकपा एमालेले आफ्ना मन्त्रीहरु सरकारबाट फिर्ता बोलाएको छ । सोमबार विहान बसेको एमाले सचिवालय बैठकले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री डा. विमला पौडेल राईलाई संयुक्त राष्ट्रसंघको कार्यक्रममा जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि एमालेले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनसम्म सरकारबाट नबाहिरिने निर्णय गरेको थियो ।

एमाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले १० पुसमा एमालेलाई राष्ट्रपति दिने सहमतिमा प्रधानमन्त्री दाहाल नअडिएपछि सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको बताए ।

एमाले सरकारबाट बाहिरिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सरकार यात्रा पनि ४१ दिनमै सकिएको छ । अब प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ गठबन्धनमा मन्त्रालयहरुको बाँडफाँड गर्नेछ । त्यतिन्जेल स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री स्वयंमले राख्ने सम्भावना छ ।

दाहाल नेतृत्वको सरकारमा एमालेका ८ जना मन्त्री रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ