२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री पदम गिरीले दिए पदबाट राजीनामा

स्वास्थ्यमन्त्री पदम गिरीले दिए पदबाट राजीनामा


काठमाडौं—मन्त्री नियुक्त भएको ४१ दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई वालुवाटारमा भेटेर स्वास्थ्यमन्त्रीले राजीनामा बुझाएका हुन् ।

३ माघमा गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । स्वास्थ्यमन्त्री गिरीसँगै नेकपा एमालेको तर्फबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले नै प्रधानमन्त्री दाहाललाई सामूहिक राजीनामा बुझाएका छन् ।

यसअघि सोमबार विहान बसेको एमाले सचिवालयको आकस्मिक बैठकले दाहाल नेतृत्वको सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो ।

१० पुसमा एमाले नेतृत्वको गठबन्धन दलहरुको सहयोगमा प्रधानमन्त्री बनेका दाहालले पछिल्लो समय नेपाली कांग्रेससँग गठबन्धन गरेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् । जसका कारण एमाले सरकारबाट बाहिरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ