२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो हस्पिटलको स्वास्थ्य अभियान कार्यक्रम सुरु 

न्यूरो हस्पिटलको स्वास्थ्य अभियान कार्यक्रम सुरु 


विराटनगर – विराटनगरस्थित  न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो ।

न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफू हुर्केको ठाउँको सम्मान स्वरूप यो अभियानको प्रारम्भ भएको जानकारी गराइन् । बाहुनी क्षेत्रका बासिन्दाहरूलाई न्युरो अस्पतालले प्रदान गर्दे आएको सम्पूर्ण स्वास्थ्य सेवामा सरल तथा सहज पहुँच पुर्‍याउने उद्देश्यको साथ अभियान सुरु भएको अस्पतालकी कार्यकारी निर्देशक डा. अनिशा विष्टले बताइन् । यो अभियान पूर्वी नेपालको ग्रामीण क्षेत्रसम्म पुग्ने बताइएको छ ।

स्वास्थ्य अभियान कार्यक्रमको शुभारम्भ बाहुनीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी गरियो । स्वास्थ्य अभियान कार्यक्रमको अस्पतालका कार्यकारी निर्देशक डा.  विष्ट र बेलबारी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुनिता चौधरी बिच सम्झौता पत्रमा हस्ताक्षर समेत गरे।

कार्यक्रममा बेलबारी नगरपालीकाका नगर प्रमुख दिल प्रसाद राईले स्वस्थ बाहुनी अभियान बाहुनी क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचारमा सेवा कोसेढुगां साबित हुने बताए । न्युरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यरोलोजिट डा. बिरेन्द्र कुमार बिष्टले स्वस्थ बाहुनी अभियानबाट बाहुनीका बासिन्दाहरु सँग प्रत्यक्ष जोडिएर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने बताए । न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई, अस्पताल निर्देशक ई. रन्जित राज बस्नेत, बेलबारी नगरपालिकाका पदाधिकारीहरू, न्युरो अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरु लगायत सर्वसाधारणहरूको उपस्थिति थियो ।

स्वस्थ बाहुनी अभियान अन्तर्गत बाहुनीवासीलाई न्युरो अस्पतालमा निःशुल्क ओपिडी सेवा तथा सम्पूर्ण जाँच तथा उपचारमा छुटको व्यवस्था, निःशुल्क एम्बुलेन्स सेवा, बाहुनी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिमा न्युरो अस्पतालले सहयोग गर्ने, बाहुनीमा न्युरो अस्पताले समय समयमा निःशुल्क स्वास्थ्य शिविर गर्ने लगायतका सेवाहरू समावेश गरिएको छ ।

अभियानको थालनीमा निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको छ । अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट शिविरमा आएका बिरामीहरूको स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा वरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्ट, वरिष्ठ न्युरो सर्जन यामबहादुर रोका, वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री (श्रेष्ठ), वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रन्जन थापा, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका (भट्टराई), वरिष्ठ अर्थाेपेडिक सर्जन डा. अमित देब, वरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद शाह, वरिष्ठ कार्डियोलोजिष्ट डा. राजन कर्ण, आपतकालिन सेवा चिकित्सक डा. प्रफुल्ल कोइराला, वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमित प्रताप शाह, वरिष्ठ फिजियोथेरापिष्ट डा. नविन कुमार चौधरी तथा मेडिकल अफिसरहरू लगायतका स्वास्थ्य टोलीले ६५० भन्दा बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए । स्थानीय स्तरमै आएर न्यूरो अस्पतालका सम्पूर्ण विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य उपचार सेवा पाएपछि यहाँका बिरामी उत्साहित देखिन्थे ।

उक्त शिविरमा ४२३ जनाको मधुमेहको जाँच, १०० जनाभन्दा बढी बिरामीको इसिजी, ६४ जनाको अल्ट्रासाउन्ड, ३३ जनाको इकोकार्डियोग्राफी तथा २५ जनाको किराले खाएको दाँत निकालिएको अस्पतालले जनाएको छ । करिब ७० प्रतिशतभन्दा बढी महिला स्वास्थ्य सेवाग्राही रहेको शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ