२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ: प्रधानमन्त्री

एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ: प्रधानमन्त्री

महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क उपचार गरिने


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर विरुद्धको खोपलाई देशव्यापी रुपमा विस्तार गरिने बताएका छन् । बुधबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले स्तन क्यान्सर र पाठेघरको क्यान्सरको उपचारलाई विशेष कार्यक्रममा रुपमा विस्तार गरेर निःशुल्क उपचार गरिने बताए ।

‘यसैगरी सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ,’ प्रधानमन्त्रीले भने, ‘साथै, पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ।’

दाहालले करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिला लक्षित पोषण कार्यक्रम सञ्चालन गरिने समेत बताए ,

उनले महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्राप्तिका सवालमा नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दिशा समातेको उल्लेख गर्दै प्रजनन स्वास्थ्यसँग सम्बन्धित सामग्री तथा सेवामा पहुँच बढेको बताए ।

‘अहिले करिब ८० प्रतिशत महिलाहरूको संस्थागत सुत्केरीको अवस्था सिर्जना हुनु पक्कै पनि सुखद् कुरा हो,’ प्रधानमन्त्री दाहालले भने, ‘सुरक्षित गर्भपतनदेखि आमा सुरक्षा कार्यले पाएको सफलता उदाहरणीय छ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ