२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेन्द्रीय कारागार अस्पतालमा इमर्जेन्सी, मानसिक कक्ष र फार्मेसीको उद्घाटन

केन्द्रीय कारागार अस्पतालमा इमर्जेन्सी, मानसिक कक्ष र फार्मेसीको उद्घाटन


काठमाडौं—सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालको इमर्जेन्सी कक्ष, मानसिक कक्ष, अस्पताल फार्मेसी तथा एम्बुलेन्स सेवाको उद्घाटन गरिएको छ । गृहसचिव प्रकाश सिंहले एक समारोहकामाझ कैदी/बन्दीहरुका लागि अस्पतालद्वारा विस्तार गर्न लागिएको इमर्जेन्सी सेवा, मानसिक कक्ष, अस्पताल फार्मेसी तथा एम्बुलेन्स सेवाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा गृहसचिव सिंहले देशको वर्तमान आर्थिक अवस्थाको बारेमा सबै जानकार भएकोले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको कार्यक्रम समावेश हुन सक्ने अवस्था नरहेको बताउँदै साधन र स्रोतको अभावका बीच इच्छाशक्तिको भरमा केन्द्रीय कारागार अस्पतालले गुणस्तरीय उपचार सेवा व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दैं धन्यवाद ज्ञापन गरे । साथै, अस्पतालको सुदृढीकरणलाई गृह मन्त्रालयले उच्च प्राथमिकतामा राख्ने जानकारी पनि उनले जानकारी दए ।

सो क्रममा गृहसचिव सिंहले अस्पतालमा रहेका बहिरङ्ग तथा अन्तरङ्ग विभाग, एक्सरे विभाग, प्रयोगशाला कक्ष, मानसिक कक्ष, लगायतका सेवाको अवलोकन तथा निरीक्षण गरि उपलब्ध सम्पूर्ण सेवाहरुको बारेमा जानकारी लिए।

कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले अस्पतालको वर्तमान अवस्था, निकट भविष्यमा सञ्चालन हुन लागिरहेको स्वास्थ्य बीमा व्यवस्थापन, अस्पतालको बजेट, कर्मचारीहरुका लागि प्रोत्साहन, ३० शैय्यामा सञ्चालनमा रहेको अस्पताललाई ५० शैय्याको अस्पतालको रुपमा विस्तार गर्ने योजनालगायतका विषयवस्तुमा ध्यानाकर्षण गराएका थिए ।

अस्पतालकी शाखा अधिकृत रमा घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत, कारागार कार्यालय काठमाडौंका कारागार प्रशासक ललित बस्नेत, नेपाल प्रहरी अनाश्रित गुल्म, जगन्नाथदेवलका प्रहरी अधिकृत, केन्द्रीय कारागार अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृतहरु, स्वास्थ्यकर्मीहरु, प्रशासनमा कार्यरत कर्मचारीहरु लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ