२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः सभामुख घिमिरे

अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः सभामुख घिमिरे


काठमाडौं—प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सोमबार नेपाल नेत्रज्योति संघको ४५ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको स्थिती अहिले घटेर ०.२८ प्रतिशतमा झरेको छ,’ उनले भने, ‘नेपालको यो उपलब्धिको प्रमुख र महत्वपूर्ण हिस्सेदारका रुपमा मैले नेत्रज्योति संघलाई मानेको छु ।’ उनले नेपालको आँखा स्वास्थ्यका क्षेत्रमा संघले खेलेको भूमिका प्रशंशा गरे ।

नेपाल नेत्रज्योति संघ विगत ४५ वर्षदेखि नेपाली जनताहरुलाई सस्तो, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा पु¥याउँदैं आएको छ । वि.सं. २०३५ साल चैत १३ गते समाजका विभिन्न क्षेत्रका बिशिष्ट समाजसेवीहरु तथा प्रा.डा. रामप्रसाद पोखरेल ‘आँखा बा’ को सामूहिक प्रयासबाट स्थापना भएको संघले देशको ठूलो जनसंख्यामा आँखाको स्वास्थ्य सेवा पु¥याउँदैं आएको छ । संघले २७ आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरुमार्फत सेवा प्रवाह गरिरहेको छ ।

सन् २०२२ मा संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३० लाख ७ हजार २९१ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै २ लाख ७२ हजार ९५० जनाको आँखाका शल्यक्रिया गर्न सफल भएको थियो । संघले विद्यालय आँखा जाँच कार्यक्रममार्फत सन् २०१८ लेखि २०२२ सम्ममा देशका विभिन्न विद्यालयहरुमा अध्ययनरत १० लाख भन्दा बढी विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ