२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. भगवानको अस्पताललाई अधिकारी दम्पत्तिद्वारा २ करोड ५० लाख सहयोग

डा. भगवानको अस्पताललाई अधिकारी दम्पत्तिद्वारा २ करोड ५० लाख सहयोग


काठमाडौं—डा. भगवान कोइराला नेतृत्वको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रमाकान्त अधिकारी दम्पत्तिले २ करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन् । रमाकान्त र उनकी श्रीमती रिता अधिकारीले आफ्नी छोरी डा. अपराजिता अधिकारीको सम्झनामा उक्त रकम अस्पताललाई प्रदान गरेका हुन् ।

यो इन्टिच्युट अफ चाइल्ड हेल्थले व्यक्तिगत रुपमा गरिएको दान हालसम्मकै ठूलो भएको जनाएको छ ।

डा. कोइराला एनजीओ स्वरुपमा काठमाडौंमा बच्चाको विशिष्टीकृत अस्पताल र प्रदेशहरुमा पनि अस्पताल खोल्ने तयारी अगाडि बढाइरहेका छन् ।

मेडिकल काउन्सिलका अध्यक्षसमेत रहेका मुटु रोग विशेषज्ञ डा. कोइराला सो अस्पताल निर्माणमा विदेशमा रहेका नेपालीहरु, नेपालमैभित्रकै व्यक्ति तथा संस्था, संघीय र प्रदेश सरकारबाट सहयोग जुटाइरहेका छन् ।

उनले सो अस्पताल निर्माणका लागि आफ्नो आत्मवृतान्त हृदयको विशेष संस्करणबाट २५ हजार रुपैयाँ मूल्य तोकेर सोबाट भएको आम्दानी समेत सोही अस्पतालमा लगाउने घोषणा गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ