२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशेखर समूहका कारण स्वास्थ्य मन्त्रालय आज पनि मन्त्री नपाउने

शेखर समूहका कारण स्वास्थ्य मन्त्रालय आज पनि मन्त्री नपाउने


काठमाडौं—नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहले सरकार आफ्नो पक्षका तीन जना मन्त्री नदिए नाम नदिने बताएपछि केही मन्त्रीहरुको सपथ रोकिएको छ । शुक्रबार कांग्रेसले पहिलो चरणमा चार जनाको नाममात्रै प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।

कांग्रेसले उपप्रधान तथा रक्षामन्त्रीका लागि पूर्णबहादुर खड्का, अर्थमन्त्रीका लागि प्रकाशशरण महत, उधोगमन्त्रीका लागि रमेश रिजाल र सहरी विकासमन्त्रीका लागि सीता गुरुङको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराएको छ । उनीहरुलाई प्रधानमन्त्री दाहालले मन्त्रीमा नियुक्त गरेका छन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जिम्मेवारी लिन ठिक्क परेका सांसद मोहनबहादुर बस्नेत, सामान्य प्रशासन मन्त्रालयमा पठाउन लागिएका धनराज गुरुङ, सहरी विकासको जिम्मा दिन लागिएका एनपी साउँद, कानुन मन्त्रालयको जिम्मेवारीका साथ पठाउन लागिएका डिगबहादुर लिम्बुको नाम कांग्रेस यो चरणमा सपथका लागि पठाएन् । यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पनि नयाँ मन्त्री नपाउने भएको छ ।

यस्तै, प्रधानमन्त्रीले एकीकृत माओवादीबाट शक्तिबहादुर बस्नेत उर्जा, जसपाका नेता अशोक राईलाई शिक्षामन्त्री, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाललाई कृषि र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी भूमी व्यवस्था, नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्रीको जिम्मेवारी दिएका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार नै गराउने तयारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ