गृहपृष्ठ ∕ समाचार ∕ ३ अर्ब २७ करोड रुपैयाँको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तिय प्रबन्ध परियोजना सुरु ३ अर्ब २७ करोड रुपैयाँको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तिय प्रबन्ध परियोजना सुरु हेल्थ आवाज मंगलवार, २०७९ चैत्र २१ गते, १०:५० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—३ अर्ब २७ करोड रुपैयाँको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तिय प्रबन्ध परियोजना सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २० चैतबाट नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)सँगको साझेदारीमा उक्त परियोजना सुरु भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार यो परियोजनाले दशौं लाख नेपालीको स्वास्थ्य सुधारका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय तहहरु गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिकार र भेरीगंगा नगरपालिकालाई वित्तिय सहायता प्रदान गर्नेछ । यो परियोजनाअन्तर्गत उचित दिगो र उत्तरदायी स्वास्थ्य सेवा प्रदानका लागि संघ र प्रादेशिक तहमा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि काम गरिनेछ । ‘गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना २०२२—२०३० का लक्ष्यहरु हासिल गर्न सरकारलाई सहयोग गर्नेछ,’ डा. अधिकारीले भने । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ