२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘ए’ ग्रेडको चर्चित विद्य ल्याब बन्द, माघबाटै व्यवस्थापनले लगायो ताला

‘ए’ ग्रेडको चर्चित विद्य ल्याब बन्द, माघबाटै व्यवस्थापनले लगायो ताला


काठमाडौं—कोभिड—१९ का बेला संचालनमा आएको चर्चित ‘ए’ ग्रेडको विद्य ल्याब बन्द भएको छ । ललितपुरस्थित विद्य ल्याब निकट स्रोतकाअनुसार आर्थिक संकटमा परेपछि व्यवस्थापनले माघबाटै ल्याब बन्द गरेको हो ।

विद्य ल्याबका प्रमुख भीम भण्डारीले पनि ल्याब बन्द भएको पुष्टि गरे । ‘१५—२० यता ल्याब बन्द छ,’ उनले भने । ल्याब बन्द हुनुको कारणबारे प्रश्न गर्दा भने उनले अब अर्को ठाउँमा सारेर संचालनमा ल्याउन लागिएको दावी गरे ।

भण्डारीले १५—२० दिन यता ल्याब बन्द भएको बताएपनि विद्य ल्याब माघबाटैं बन्द भएको हो । ल्याबले २०७७ माघमा ‘ए’ ग्रेडको अनुमति पाएको थियो ।

कोभिड—१९ का बेला नै अनुमति नलिएर पोखरामा शाखा संचालन गरेपछि विद्य ल्याब विवादमा तानिएको थियो ।

३ असार २०७९ मा अख्तियार दुरुपयोग आयोगले संचालक भण्डारी विरुद्ध ६ करोड २४ लाख ४ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । त्यसपछि विद्य ल्याब पनि क्रमसः आर्थिक संकटमा पर्दै गएको. थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ