२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशडब्लुएचओले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको टेलिमेडिसिनमा सघाउने

डब्लुएचओले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको टेलिमेडिसिनमा सघाउने


पोखरा –  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा टेलिमेडिसिन सेवा बिस्तारका लागि सघाउने भएको छ । बुधबार पोखरामा डब्लुएचओका नेपाल प्रतिनिधि र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधिबिच भएको अनौपचारिक भेटघाटमा सहयोगको समीक्षा र सहयोगका क्षेत्र पहिचानबारे छलफल भएको थियो ।

डब्लुएचओ नेपाल प्रमुख डा. राजेश साम्बाजिराव पाण्डव, डा.एलिसन गोकोटाना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्री, पक्षे अस्पतालका निर्देशक प्राडा. भरतबहादुर खत्री, डिन प्राडा. श्रीकृष्ण श्रेष्ठलगायत भेटघाटमा सहभागी थिए ।

अस्पतालका डिन प्राडा श्रीकृष्ण श्रेष्ठले अनौपचारिक भेटघाट भएकाले खास महत्त्वपूर्ण सम्झौता नभएको बताए । तथापि टेलिमेडिसिनमा सघाउनेबारे कुराकानी भएको उनको भनाइ छ । उनले भने,‘हाम्रो प्रोफाइल प्रस्तुत भयो, हामीले यस्ता खालका प्रोग्राम राख्न पाए हुन्थ्यो भन्ने कुरा राख्यौँ, टेलिमेडिसिनमा सपोर्ट गर्ने कुरा भएको छ, कुनै प्रतिबद्धताचाहिँ भएन ।’

डब्लुएचओले सहयोग गर्न सक्ने क्षेत्र पहिचान गरिएको डा. शरद् बरालले बताए । उनले भने,‘ डब्लुएचओले अहिले विपद् व्यवस्थापन तयारी, टेलिमेडिसिन सेन्टर स्थापना, इमर्जेन्सी विभाग सुदृढीकरणका लागि डकुमेन्टेसनमा सहयोग गरेको छ ।

टेलिमेडिसिन र शिक्षण पाठ्यक्रममा थप सुधार गर्ने, इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड लगायत सहयोग गर्न सकिने क्षेत्र पहिचान भएको छ ।’ भौतिक पूर्वाधार निर्माणकै चरणमा रहेकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तत्कालै इएमआरको काम भने सुरु हुनसक्ने देखिँदैन ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ