२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज थप १ सय ८ जनामा कोभिड–१९ संक्रमण : ६६ जना संक्रमणमुक्त

आज थप १ सय ८ जनामा कोभिड–१९ संक्रमण : ६६ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा थप १ सय ८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ९९० पुगेको छ ।

नेपालमा बुधबारसम्म ३८६ जना कोभिड–१९ का सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ