२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्याथोलोजिष्टहरुको १० औं राष्ट्रिय सम्मेलन ललितपुरमा जारी

प्याथोलोजिष्टहरुको १० औं राष्ट्रिय सम्मेलन ललितपुरमा जारी


 ललितपुर-‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपाल (एसीपीएन)’ द्वारा आयोजित १० औं राष्ट्रिय सम्मेलन ललितपुरको होटल हिमालयमा चलिरहेको छ । शुक्रबारबाट ‘प्याथोलोजिमा विकासः आधुनिक चिकित्सामा मार्गनिर्देशन’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ ।

सम्मेलनको पहिलो दिन शुक्रबार सांसद तथा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. चन्दा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । डा. कार्कीले स्वास्थ्यकर्मीको काम गराइमा देखिनेजस्तो इमान्दारिताको खाँचो सबै क्षेत्रमा आवश्यक रहेको बताइन् । ‘काम गर्दा विज्ञताअनुसार धेरै बिचार पुर्याएर मात्र काम गर्नुपर्छ’, उनले भनिन्, ‘रिसर्चमा समेत जोड दिनुपर्छ ।’

एसीपीएनमा ३१० जना प्याथोलोजिस्ट डाक्टर रजिस्टर्ड छन् । पहिलो दिन उपस्थितीले ७० प्रतिशत चिकित्सकहरुको उपस्थित रहेको एसीपीएनले जनाएको छ। विज्ञता हासिल गर्न अध्ययनरत डाक्टरहरुसमेत सम्मेलनमा उलेख्य उपस्थिती रहेको थियो ।

सम्मेलनमा शुक्रबार क्यान्सर सम्बन्धी मात्र ९३ वटा शैक्षिक पेपर प्रस्तुत गरिएको थियो । साथै, राष्ट्रिय र अन्तरार्स्ट्रिय विज्ञ प्रोफेसर रगत, छाला, गिदि, हड्डीलगायतमा देखिने क्यान्सरको विभिन्न विषयमा धारणा राखेका थिए । मेसिनले नै रिड गर्ने डिजिटल प्याथोलोजीको भविष्य र स्वचालित ल्याब कार्यक्रमको रोचक विषय थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक तथा एसोसिएसनको अध्यक्षसमेत रहेकी डा. रुणा झाले प्याथोलोजिस्टको दरबन्दी प्रत्येक जिल्ला अस्पतालसम्म पुराउनुपर्ने, केन्द्र तहमा क्यान्सर हेर्ने विशिस्ट प्रयोगशाला हुनुपर्ने र परिक्षणको लागि बाहिर जाने नमुना सक्दो कम गर्नुपर्नेमा जोड दिइन् । अर्बौंको अस्पताल खोल्ने व्यवस्थापनलाई प्रश्न गर्दै उनले कमिसन नि आउने र लगानी पनि गर्न नपर्ने गरी प्रयोगशालाको काम बाहिर नमुना पठाएर टार्न खोज्ने हो भने सरकारले त्यस्ता अस्पताल खोल्नमा कडाइ गर्न समेत माग गरिन्।

सम्मेलनमा वरिष्ठ प्याथोलोजिस्ट डाक्टर मध्येबाट डा. आइ एल श्रेष्ठलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ