२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल छाला, यौन तथा कुष्ठरोग समाजको १७ औं वार्षिक गोष्ठी पार्क भिलेज रिसोर्टमा

नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको १७ औं वार्षिक गोष्ठी पार्क भिलेज रिसोर्टमा


काठमाडौं-नेपाल छाला, यौन तथा कुष्ठ रोग समाजद्धारा आयोजित १७ औं वार्षिक गोष्ठी जारी छ । शुक्रबारबाट पार्क भिलेज रिसोर्टमा सुरु भएको उक्त गोष्ठीको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले गरेका थिए ।

गोष्ठीको विशेष अतिथीमा प्रा.डा. गुन्टेर वर्ग रहेका छन् । समारोहमा वरिष्ठ चिकित्सक डा. रामभद्र अधिगा लाइफ टाइम अचिभमेन्ट एवार्डबाट सम्मान गरिएको थियो । उनलाई आफ्नो अनवरत सेवाका लागि उक्त एवार्ड प्रदान गरिएको थियो ।

यस्तै, समारोहमा चर्म, यौन तथा कुष्ठरोग समाजका अध्यक्ष डा. सविना भट्टराईलाई अन्तर्राष्ट्रिय चर्म रोग समाज (आईएलडिएस)बाट प्रशंशा पत्र प्रदान गरिएको छ ।

गोष्ठीको आयोजक समिति अध्यक्ष प्रा. डा. सृष्टि श्रेष्ठ, सचिवमा डा. मनिषा सिंह र साइन्टीफिक अध्यक्षमा डा. दिपतारा पाठक रहेका छन् ।

दुई दिने उक्त गोष्ठीको पहिलो दिन शुक्रबार चर्म, कुष्ठ र यौन रोगका विविध विषयमा ६० वटा कार्यपत्र प्रस्तुत भएका छन् । देश तथा विदेशका चिकित्सकहरुले शनिबार थप ३० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै, गोष्ठीमा प्यानल डिस्कसन तथा वर्कसपहरु प्नि हुनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ