२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको कार्यकारी निर्देशक प्रा. डा. गजुरेल

मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको कार्यकारी निर्देशक प्रा. डा. गजुरेल


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्रा.डा. रत्नमणि गजुरेल नियुक्त भएका छन् । आइतबार त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले डा. गजुरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको चार वर्षे कार्यकाल शुक्रबार सकिएपछि उक्त पद रिक्त रहेको थियो । ‘आजबाट नयाँ उत्तराधिकारीलाई जिम्मेवारी सुम्पेको छु,’ निवर्तमान कार्यकारी निर्देशक प्रा. डा. श्रेष्ठले हेल्थआवाजसँग भने, ‘प्रा.डा.गजुरेल नयाँ कार्यकारी निर्देशक बन्नुभएको छ ।’

सेन्टरको कार्यकारी निर्देशकका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन कार्यलयले तीन जना चिकित्सकहरुको नाम सिफारिस गरेर पठाएको थियो ।

‘हामीले कार्यकारी निर्देशकका लागि तीन जना चिकित्सकहरु डा. गजुरेल, डा. अनिल भट्टराई, डा. विश्वास प्रधानको नाम पठाएका थियौं,’ आईओएमका सहायक डिन प्रा. डा.  प्रेम ज्ञवालीले भने । डिन कार्यलयले सिफारिस गरेका तीन जनामध्येबाट उपकुलपति डा. बाँस्कोटाले डा. गजुरेललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

प्रा.डा. गजुरेल यसअघि सेन्टरको कार्डियोलोजी विभाग प्रमुख थिए । उनी आईओएमबाटै कार्डियोलोजीमा डिएम गर्ने पहिलो चिकित्सक हुन् ।

को हुन नयाँ कार्यकारी निर्देशक ?  पढ्नुस्

स्वदेशका रत्न डा. रत्नमणि


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ