२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभक्तपुर क्यान्सर अस्पताल वार्षिक ७ करोड ५२ लाख घाटामा

भक्तपुर क्यान्सर अस्पताल वार्षिक ७ करोड ५२ लाख घाटामा

मेसिनरी तथा औजारका लागि छुट्याइएको १ करोड ८९ लाख ७२ हजार रुपैयाँ खर्च गर्न सकेन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको भक्तपुर क्यान्सर अस्पताल ७ करोड ५२ लाख रुपैयाँ घाटामा रहेको पाइएको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदनअनुसार अस्पताल गत वर्ष ७ करोड ५३ लाख ७५ हजार रुपैयाँ घाटामा रहेको छ ।

अस्पतालले आन्तरिक स्रोतबाट २१ करोड ५७ लाख १० हजार रुपैयाँ आम्दानी र नेपाल सरकारबाट २० करोड ९८ लाख ५९ हजार गरी कुल ४२ करोड ५५ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको थियो( । तर, अस्पतालले खर्च भने आन्तरिक स्रोततर्फ २९ करोड ९ लाख ९४ हजार रुपैयाँ गरेको थियो । यसैगरी, नेपाल सरकारबाट अनुदानमार्फत आएको २० करोड ९८ लाख ५९ हजार रुपैयाँसमेत गरी अस्पतालको जम्मा खर्च ५० करोड ८ लाख ५३ हजार रुपैयाँ भएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार अस्पतालले ४० जना कर्मचारीको भर्ना पनि नियम विपरित गरेको पाइएको छ । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७७ को दफा ११ मा अस्पताल संचालन तथा समितिको कार्यसम्पादनका लागि समितिमा आवश्यक कर्मचारी पद र संख्या अर्थ मन्त्रालयको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृती लिएर समितिले निर्धारण गरे बमोजिम हुने संगठन तथा व्यवस्थापन सर्वेक्षण नगराई कुनै पनि पदमा कर्मचारी भर्ना गर्न नपाउने व्यवस्था छ ।

तर, ओएनएम नगरेरै समितिले प्लालिएटिभ केयर, फिजिसियन, मेडिकल अफिसर, रजिष्ट्रार, फार्मेसी सहायक, प्याथोलोजिष्ट र चिकित्सकलगायत ४० कर्मचारी करारमा नियुक्त गरेको छ ।

गत वर्ष केन्द्रीय अस्पताल तथा प्रतिष्ठान पुजीगततर्फ मेसिनरी तथा औजारका लागि छुट्याइएको १ करोड ८९ लाख ७२ हजार रुपैयाँ पनि अस्पतालले खर्च गर्न सकेको छैन ।

वि.सं. २०५१ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लब, नेपाल, अर्वुद रोग निवारण संस्थालगायतको सहकार्यमा सामुदायिक अस्पतालका भक्तपुर क्यान्सर अस्पतालको स्थापना भएको थियो । यो अस्पताल १ सय २३ शैय्या क्षमताको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ