२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवरिष्ठ मनोचिकित्सक डा. लुमेश्वर आचार्यको निधन

वरिष्ठ मनोचिकित्सक डा. लुमेश्वर आचार्यको निधन


काठमाडौं—वरिष्ठ मनोचिकित्सक डा. लुमेश्वर आचार्यको निधन भएको छ । आइतबार राति १२ः१० करुणा अस्पताल पुर्‍याउँदा ६४ वर्षीय डा. आचार्यको निधन भइसकेको अस्पतालकी मेडिकल निर्देशक डा. शोभा महर्जनले जानकारी दिइन् ।

‘उहाँको अस्पताल ल्याइ पुर्‍याउनअघि नै डेथ भइसकेको थियो । अस्पताल पुर्‍याउन झण्डै १० मिनेट अगाडि बेहोस हुनुभएको भन्ने परिवारका सदस्यहरुको भनाइ थियो,’ उनले हेल्थआवाजसँग भनिन्, ‘उहाँमा मिर्गौला रोग थियो । हाम्रै सेन्टरमा हेमोडाइलाइसिस गराइरहनुभएको थियो ।’

वरिष्ठ स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा. जागेश्वर गौतमले पनि सहपाठी डा. आचार्य गुमाएको भन्दैं फेसबुक स्टाटस लेखेका छन् । ‘हाम्रा एमबीबीएसका सहपाठी मित्र डा. लुमेश्वर आचार्यको असामयिक निधनले अत्यन्तै मर्माहत भएको छु,’ उनले लेखेका छन्, ‘ती अध्ययन ताकाका दिनहरु आज पनि ताजा र अबिस्मरणिय छन । साथीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदन व्यक्त गर्दछु।’

प्यूठानका आचार्यले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट एमबीबीएस गरेका हुन् । उनी नेपाल सरकारको ११ औं तहबाट अवकासप्राप्त चिकित्सक हुन् । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लामो समय सेवा गरेका थिए ।

सरकारी सेवाबाट अवकास पाएपछि कास्की मोडेल अस्पताल न्यूरोडका संचालकसमेत रहेका उनी केही समय अस्पतालको मेडिकल निर्देशक समेत भएका थिए । ‘उहाँको मुटुको समस्या थियो, डायलाइसिस पनि गराइरहनुभएको थियो,’ कास्की मोडल अस्पतालमा मेडिकल निर्देशक डा. शैलेश गुरुङले भने, ‘उहाँको हिजो राति काठमाडौंमा निधन भएको खबर पाएका छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ